१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २७ मंगलबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २७ मंगलबार ०६:४८:००

ग्लोबल आइएमई बैंक लिमिटेड र सिद्धार्थ बिजनेस  ग्रुप  अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्न सम्झौता भएको छ । सम्झौतामा बैंकका बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता सिवाकोटी र सिद्धार्थ बिजनेस  ग्रुपका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी तथा डेबिट–क्रेडिट–प्रिभिलेज कार्डबाहक ग्राहकले सिद्धार्थ बिजनेस  ग्रुप अफ हस्पिटालिटीमा उपलब्ध आवास तथा खाना–पेय पदार्थमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ ।

बैंकले देशभरमा २ सय ६८ शाखा, २ सय ४२ एटिएम, २ सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।