Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २६ सोमबार १९:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितानिवास प्रकरण : निलम्बित न्यायाधीश गौतमसँग दुई लाख धरौटी माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २६ सोमबार १९:३८:००

बालुवाटारस्थित ललितानिवास क्याम्पको सरकारी जग्गा हिनामिना प्रकरणमा निलम्बनमा रहेका न्यायाधीश विनोदकुमार गौतमसँग दुई लाख रुपैयाँ धरौटी माग भएको छ । विशेष अदालतका न्यायाधीश बालेन्द्र रुपाखेती र नित्यानन्द पाण्डेयको इजलासले उनलाई दुई लाख धरौटीमा छाड्ने आदेश दिएको हो । 

गौतमले धरौटी बुझाएको विशेष अदालतका प्रपक्ता पुष्पराज पाण्डेयले बताए । गौतम भौतिक पूर्वाधार मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत रहँदा प्रधानमन्त्रीनिवास विस्तारसम्बन्धी प्रस्तावमा कानुनी राय दिएका थिए । प्रधानमन्त्रीनिवास विस्तारको नाममा जग्गा हिनामिना भएको थियो । 

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नाै करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको थियो । चितवन जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत गौतम मुद्दा दायर भएसँगै निलम्बनमा परेका थिए ।