१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
निरञ्जन मैनाली
२०७५ माघ २९ मंगलबार ०६:००:००
Read Time : < 1 मिनेट
ब्लग

नेपाली कामदारमाथि प्रभाव ?

Read Time : < 1 मिनेट
निरञ्जन मैनाली
२०७५ माघ २९ मंगलबार ०६:००:००

विभिन्न पत्रपत्रिकामा भारतीयलाई श्रम स्वीकृति लिनुपर्ने समाचार पढ्न पाउँदा मलाई नेपाली कामदारको चिन्ता लाग्यो । सदियौँदेखि नेपाल र भारतबीच खुला सिमाना रहिआएको हुनाले दुवैतिर कामदारहरू जाने–आउने क्रम चलिरहेकै छ ।

विश्व श्रम ऐनले जुन देशसँग सन्धि गरेको छ, त्यही देशका नागरिकले श्रम स्वीकृति लिनुपर्दैन भनेको छ । तर, अहिलेको सर्वहारा कम्युनिस्ट सरकारले १९५० को सन्धिविपरीत भारतीय नागरिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिनुपर्ने निर्णय गरेको छ । 

हाम्रो देशमा लागू भएको यस्तो व्यवस्थाको प्रभाव भारतमा कार्यरत हाम्रा नेपाली कामदारमा कस्तो पर्ला ? सरकारले केही सोचेको छ त ? भारतमा २५–३० लाखभन्दा बढी नेपाली कामदारले काम गरिरहेका छन् । यसबारे हाम्रा नेताले समयमै सोच्न जरुरी छ ।