१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १६:४०:००
Read Time : < 1 मिनेट
समाचार

जनयुद्ध दिवसमा गुरिल्ला 'म्याराथन' हुने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १६:४०:००

जनयुद्ध दिवसको अवसरमा रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिकामा गुरिल्ला ‘म्याराथन’ हुने भएको छ । दिवसको अवसरमा गाउँपालिकाले गत वर्षदेखि आयोजना गर्दै आएको ‘म्याराथन’को दोस्रो संस्करण बुधबार हुने भएको हो । 

तत्कालीन नेकपा माओवादीले संचालन गरेको १० वर्षे जनयुद्धमा लडाकुले प्रयोग गरेको बाटोमा ‘म्याराथन’ हुने भएको हो । प्रतियोगिता २३ किलोमिटरमा संचालन हुने गाउँपालिकाले जनाएको छ । 

सानीभेरी गाउँपालिकाको कार्यालय सिम्लीबाट सुरु हुने प्रतियोगिता मौराखारा, चाख्लेमेला, रिम्ना दोभान, जाजरकोटको रिम्ना हुँदै सोही ठाउँमा पुगेर समाप्त हुने भएको छ । ‘म्याराथन’को तयारी पूरा भएको गाउँपालिकाले जनाएको छ । 

प्रतियोगितामा भाग लिन गोरखा, प्युठान, रोल्पा, बाँकेलगायत जिल्लाका ४० बढी खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा विजेताले ६० हजार, उप विजेताले ४५ हजार, तेस्रोले ३५ हजार र शान्त्वना हुनेले १० हजार पुरस्कार पाउँने छन् । त्यस्तै उत्कृष्ट १० खेलाडीलाई समेत सम्मान गरिने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए ।