मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ माघ २५ आइतबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सवारीचालक अनुमतिपत्र बनाइदिन्छु भनी ठगी गर्ने पक्राउ

Read Time : < 1 मिनेट
२०७७ माघ २५ आइतबार १९:३२:००

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी ठगी गर्ने एकजनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका– १ घर भई हाल कास्कीको पोखरा महानगरपालिका– १४ चाउथेस्थित मेट्रो ड्राइभिङ स्कुल एन्ड प्रि–टेस्ट सेन्टर सञ्चालन गरी बस्ने ४९ वर्षीय खगेन्द्रप्रसाद काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो । 

यातायात कार्यालयको कर्मचारीसँग आफ्नो चिनजान रहेकाले लिखित र ट्रायलमा फेल भए पनि लाइसेन्स निकालिदिन्छु भनी विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार विभिन्न व्यक्तिबाट लाइसेन्स बनाइदिन्छु भनी उठाइरहेको विभिन्न कागजपत्र, लाइसेन्स तनि थान, नमुना प्रश्नपत्र, ८९ हजार ६ सय २० रुपैयाँ र मोबाइल दुई थानसहित उनलाई पक्राउ गरिएको हो । 

उनलाई ठगीसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।