मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १४:१७:००
Read Time : < 1 मिनेट
खेलकुद

वाइएल कप फुटसल टुर्नामेन्ट हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १४:१७:००

सामाजिक संस्था युथ लेजेन्डले वाइएल कप फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ । ‘वाइएल कप– कर्पोरेट एण्ड नन–प्रोफिट्स मेन्स फुटसल टुर्नामेन्ट २०१९’ नाम दिइएको प्रतियोगिता ११ र १८ फागुन गरी दुई दिन आयोजना हुने आयोजकले बताए ।

कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा कार्यरत नन–प्रोफिट संस्थाबीचको सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक पोषण ज्ञवालीले बताए । सहभागी टिमलाई दुई समुहमा विभाजन गरि खेलाइने छ । समूह चरणमा अंकका आधारमा अगाडि रहेका टीम नकआउट चरणका क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनलसम्म पुग्नेछन् । विजेता र उपविजेतालाई ट्रफि तथा मेडल दिजे आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने छ ।

युथ लेजेन्ड मुख्यतः अन्तर्राष्ट्रिय समन्वय, युवा सशक्तीकरण र मानसिक सुदृढीकरणका माध्यमबाट युवाहरुको दैनिकी र जीवनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यका साथ २०१४ मा स्थापना भएको सामाजिक संस्था हो ।