मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १४:३९:००
Read Time : < 1 मिनेट
समाचार

सेलिब्रेटी बन्न चाहनेहरुले प्रहरी एकेडेमीबारे अनैतिक टिप्पणी गरे : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १४:३९:००

प्रधानमन्त्री केपी शर्मा ओलीले हल्ला गर्न रुचाउने र सेलिब्रेटी बन्न चाहाना राख्नेहरुले प्रहरी एकेडेमी सार्ने विषयमा अनैतिक टिप्पणी गरेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मंगलबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रहरी तालिमका सबै कार्यक्रम एकै थलोमा गर्न सक्ने गरी फराकिलो स्थानमा सार्ने विगतमा भएको निर्णयलाई नै कार्यान्वयनको चरणमा लैजाँदै गर्दा हल्ला रुचाउने र सेलिब्रेटी बन्न चाहनेहरुले अनैतिक टिप्पणी गरेको दाबी उनले गरेका हुन् ।

उनले भने‘हल्ला गर्न रुचाउनेहरुले कतिपयले सेलिब्रेटी स्वभावका आफूलाई  सेलिब्रटी देखाउनेका लागि अनैतिक खालका टिप्पणीहरु पनि त्यसमा गरे । अहिले नै राष्ट्रपति ज्यूले यहाँबाट लखेट्न खोज्या हो कि जस्तो पनि पारिदिए । छिमेकी पिरेको भन्ने शब्दहरु पनि प्रयोग गरे ।’

शान्ति सुव्यवस्था खलबल्याउने र जनतालाई आतंकित पार्ने काम भईरहेको भन्दै सरकारले प्रधानमन्त्री ओलीले सरकारले त्यस्ता गतिविधि कुनै पनि अवस्थामा गर्न नदिने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले अपराधरहित सचेत समाज निर्माण गर्न चाहेको स्पष्ट पारे । कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रहरी निरीक्षक आधारभूत तालिममा सहभागी मध्ये उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।