मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मानदत्त रावल 
२०७५ माघ २९ मंगलबार १४:२१:००
Read Time : < 1 मिनेट
प्रदेश

अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या

Read Time : < 1 मिनेट
मानदत्त रावल 
२०७५ माघ २९ मंगलबार १४:२१:००

कर्णाली राजमार्गमा सवारी साधन चलाउने चालकहरुलाई उच्च रक्तचाप देखिएको छ । जिल्ला ट्राफिक कार्यालय जुम्ला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सञ्चालन गरेको स्वास्थ्य परीक्षण अभियानमा  एक सय ५० सवारी चालकको स्वास्थ्य परीक्षण गरिएकाे थियाे । स्वास्थ्य जाँच गराएका मध्ये अघिकांशमा उच्च रक्तचापको समस्या देखिएको हाे । 

केहीमा भने आँखाको रंगिन तथा ट्राफिक चिन्ह सजिलै देख्न नसकिने समस्या देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका स्वास्थ्यकर्मी कर्मेन्द्र न्यौपानेले बताए । साथै, चालकहरुले बढी मध्यपान र धुम्रपान गर्ने भएकाले कलेजो र फोक्सोमासमेत समस्या देखिएको उनले बताए । 

कर्णाली राजमार्गमा सवारी चलाउँदा चालकहरुले धुम्रपान तथा मध्यपानको अधिक सेवनगर्ने, क्षमताभन्दा दोब्बर यात्रु बोक्ने गरेकोले दुर्घटनाको जोखिम बढेको छ भने सार्वजनिक यातायातमा हुने फोहोरको कारण वातावरण तथा सवारी साधान दुगन्धित हुँदै गएका छन् ।

जिल्ला ट्राफिक कार्यालयका निमित्त प्रमुख गंगाराम बिकले सवारी दुर्घटनाको जोखिम घटाउनुका साथै चालकहरुमा सचेतना अभिबृद्धि गर्ने उदेश्यले स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिएको बताए ।