१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रासस/सिन्ह्वा वासिङटन
२०७७ माघ २४ शनिबार १९:२१:००
Read Time : < 1 मिनेट
विश्व

अमेरिकाले कोभिड १९ विरुद्धको खोप लगाउन सेना परिचालन गर्ने

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा वासिङटन
२०७७ माघ २४ शनिबार १९:२१:००

संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड–१९ विरुद्धको खोप दिन सहयोग गर्नगरी सेना परिचालन गर्ने भएको छ । पछिल्लो समय अमेरिकामा कोभिडका कारण ज्यान गुमाउने नागरिक दिन प्रतिदिन बढीरहेको, यसको सङ्क्रमण कम गर्न र खोप लगाउने कार्यक्रमलाई गति दिन सेना परिचालन गर्न लागिएको हो । 

अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सीले गरेको अनुरोधलाई रक्षा मन्त्रालयले स्वीकार गरेको समाचारमा जनाइएको छ । अमेरिकी रक्षामन्त्री लियोद अस्टिनसँग उक्त फेडरल ब्युरोले सेनाको सहयोगका लागि अनुरोध गरेको र उनले यसलाई स्वीकार गरेको समाचारमा जनाइएको छ ।

सो सहयोग अन्तर्गत अमेरिकी रक्षा मन्त्रालयले इमर्जेन्सी विभागका लागि एक हजार एक सय १० जना सैनिक खटाउने जानकारी गराइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले यही १५ फेब्रुअरीसम्ममा देशभर सबै नागरिकलाई आम रुपमा यो खोप दिने प्रयोजना लागि कम्तीमा पनि एक सयवटा खोप केन्द्रहरु सार्वजनिक स्थलहरुमा राखिने बताएका छन् । 
 
यस प्रयोजनका लागि यहाँको सेनाले सैनिक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरु खटाउने अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीहरुका अनुसार अमेरिकामा पछिल्लो समय कोभिड १९ संक्रमितहरुको संख्या बढ्दै गएको र मृत्यु हुनेको संख्या पहिलेका तुलनामा झनै बढ्न थालेकाले यसका विरुद्धको खोप लगाउने प्रक्रियालाई थप गति दिनुपर्नेमा जोड दिइएको छ ।