मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामचन्द्र न्यौपाने
२०७५ माघ २९ मंगलबार १२:५३:००
Read Time : < 1 मिनेट
प्रदेश

हिमपहिरोमा बेपत्ता नेपाली अझै फेला परेनन्

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७५ माघ २९ मंगलबार १२:५३:००

पाँच दिनअघि हिमपहिरोमा परेर बेपत्ता भएका माघिराम नेपाली अझै फेला परेका छैनन् । बेपत्ता भएका माघिराम डोल्पामा मजुदुरी गरेर घरतर्फ जाँदै गर्दा जुम्ला–डोल्पा सिमानामा पर्ने मौरे लेकमा हिमपहिरोमा परेका थिए । 

उनी जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने चौरीकोटमा घर बनाउने काम गर्दै आएका थिए ।  गत २५ गते उनी घर फर्कदै गर्दा हिमपहिरोमा परी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा नेपालीसहित सोही स्थानका १९ वर्षिय दिपक नेपाली र २८ वर्षीय तारा बहादुर नेपाली परेपनि उनीहरु पहिरोबाट निस्कन सफल भएको प्रहरीले जनाएको छ । 

हिमपहिरोमा बेपत्ता भएको खवर प्रहरीलाई २६ गते नै गरेपनि  हिमपात जारी रहेको र करिब १० फिटसम्म हिँउ जमेको कारण सोमबारदेखि मात्र खोजीकार्य गरेको प्रहरी नायव निरीक्षक जीवराज थापाले जानकारी दिए । उनको खोजीकार्य अझै जारी छ ।