१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
यम बम काठमाडाैं
२०७७ माघ २३ शुक्रबार १३:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हिउँदको उत्तरार्धमा पश्चिम नेपालमा वर्षासँगै हिमपात, काठमाडौंमा बदली

Read Time : < 1 मिनेट
यम बम, काठमाडाैं
२०७७ माघ २३ शुक्रबार १३:०४:००

हिउँद सकिनै लाग्दा पश्चिम नेपालमा वर्षा भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ ।  पश्चिमी न्यूनचापीय प्रणालीका कारण पश्चिम बिहीबार रातिदेखि वर्षासँगै हिमपात भइरहेको र यो क्रमपूर्वतिर सर्दै गएको मौसम पूर्वामानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।  पछिल्लो २४ घन्टामा सबैभन्दा बढी डडेल्धुरामा ९.७ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, दिपायल, जुम्ला, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही र पोखरामा पनि वर्षा मापन भएको छ ।  

महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका हिमाली तथा उच्च पहाडी जिल्लामा हिमपात भएको छ ।
शुक्रबार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

न्यूनचापीय प्रणालीका कारण मुलुकका धेरैजसो क्षेत्रमा बदली भएको छ । काठमाडौं उपत्यकामा पनि बदली छ । यद्यपि, वेलावेला घाम लागिरहेको छ ।
मौसमविद् अर्यालका अनुसार बागमती प्रदेशमा शुक्रबार राति वर्षाको सम्भावना छ । शनिबार पनि केही क्षेत्रमा वर्षा हुने र आइतबारबाट मौसममा सुधार आउने महाशाखाले जानकारी दिएको छ ।