१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल फाेटाे
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १२:४०:००
Read Time : < 1 मिनेट
समाचार

एकिकृत योजना अनुसार सम्पुर्ण पुर्वाधार विकासका योजना अघि बढाउनुपर्ने : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १२:४०:००

अर्थमन्त्री युवराज खतिवडाले एकिकृत योजना अनुसार सडक लगायत सम्पुर्ण पुर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताएका छन् । 

व्यवस्थापन संघ नेपालले मंगलबार राजधानीमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै उनले झुण्ड झुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न नसकिने बताए । उनले सम्पुर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पुर्वाधारको विषयमा सोच्नुपर्ने बताए । उनले सडक, रेल, पानी जहाजदेखि सम्पुर्ण यातायातका साधनस्रोतका संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसम्भार तथा सञ्चालनको खर्च व्यवस्थापन संगै सरोकारित संस्थाको भूमिका लगायत विषयलाई एकिकृत रुपमा योजना बनाई दीर्घकालिन सोच अनुसार कार्यान्वयन गरिनुपर्नेमा जोड दिए ।

अर्थमन्त्री खतिवडाले व्यवस्थापन संघ आफैमा व्यवसायिक र महत्वपुर्ण रहेको भन्दै व्यवसायिक कार्यमा सहकार्य र सहयोग गर्न सरकार सधै तयार रहेको बताए । उनले युवाहरुलाई व्यवस्थापनको साथै नेतृत्वमा ल्याउने गरि काम गर्न सुझाव दिए ।

कार्यक्रममा सहभागीहरुले एकिकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए ।