मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : सामाजिक सञ्जाल
२०७७ माघ २२ बिहीबार ११:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेकपाका सर्लाही इन्चार्ज वाग्लेको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ माघ २२ बिहीबार ११:१९:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।

बरहथवाबाट नयाँरोडतर्फ जाँदै गर्दा बुधबार राति मूर्तिया चोकबाट उत्तर वन कार्यालयनजिक नयाँरोड–बरहथवा सडकखण्डमा लडिरहेको अवस्थामा वाग्लेलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलबाट वाग्लेलाई बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  

बुधबार साँझ नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको मसाल जुलुसको नेतृत्व गरेर ज.१०प ३२०६ नम्बरको मोटरसाइकलले बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेका वाग्ले दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा गम्भीर एवं सूक्ष्म अनुसन्धान भइरहेको प्रहरी प्रमुख सन्तोषसिंह राठौरले जानकारी दिए ।

उनी सर्लाहीको हरिपुर नगरपालिका– १ हजारबिगाहनिवासी हुन् । अहिले उनको शव बरहथवाबाट परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको नेकपाका जिल्ला अध्यक्ष रेवती पन्तले जानकारी दिए । रासस