१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ११:३७:००
Read Time : < 1 मिनेट
खेलकुद

धनगढी स्टार्सलाई सिवाईसी अत्तरियाको ९६ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ११:३७:००

धनगढी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत तेस्रो खेलमा सिवाईसी अत्तरियाले धनगढी स्टार्सलाई जितका लागि ९६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर ९५ रन मात्र बनाउन सकेको थियो ।

फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाका लागि सन्नी पटेलले अविजित रहदै २८ बलमा सर्वाधिक ३५ रन जोडे भने जयकिशन कोश्लावालाले २१ रनको योगफल बनाए ।

त्यस्तै प्रेम तामाङले १२ रन बनाए भने कप्तान दिपेन्द्र सिंह ऐरीले ११ रन बनाए । सोमपाल कामीको धनगढीका लागि भने रोहन मुस्तफाले २ विकेट र अमीर हायत, सोमपाल कामी र बिपिन खत्रीले १/१ विकेट लिए । पहिलो खेलमा काठमाडौं गोल्डेन्ससंग ४ विकेटले पराजित धनगढी पहिलो जितको खोजीमा हुनेछ ।