१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २१ बुधबार १४:१०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा प्रचण्ड-माधव समूहद्वारा भोलि देशव्यापी आमहडतालको घोषणा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २१ बुधबार १४:१०:००

नेकपा प्रचण्ड-माधव समूहले देशव्यापी आमहडतालको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर सो समूहले आमहडतालको घोषणा गरेको हो । 

असंवैधानिक रूपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरूका पदाधिकारी र सदस्यहरूको नियुक्तिको विरोधमा आमहडताल आह्वान गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आमहडतालमा यातायात, पसल, उद्योग, व्यवसाय, कलकारखाना र शिक्षण संस्था बन्द रहनेछन् भने अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायत अत्यावश्यक सेवाहरू सुचारु रहने भएका छन् । विद्यार्थीको परीक्षा सञ्चालनमा कुनै अवरोध नहुने श्रेष्ठले स्पष्ट पारे । विद्यार्थीले परिचयपत्र देखाएर सवारीसाधन सञ्चालन गर्न पाउने उनको भनाइ छ ।

आमहडताल शान्तिपूर्ण हुने  उनले बताए । २८ माघमा काठमाडौंमा हुने विरोध प्रदर्शन र सभा यथावत् रहेको पनि उनले जानकारी दिए ।