१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ माघ २१ बुधबार ०७:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारत कल गर्न एनसेलको भ्वाइस प्याक

Read Time : < 1 मिनेट
२०७७ माघ २१ बुधबार ०७:३३:००

एनसेल आजियाटा लिमिटेडले विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने भ्वाइस प्याक ल्याएको छ ।कम्पनीले एनसेलका प्रिपेड ग्राहकलाई दैनिक र तीनदिने गरी दुईथरी भ्वाइस प्याक ल्याएको हो । 

यो अफर एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको जनाएको छ । दैनिक भ्वाइस प्याकअन्तर्गत २५ रुपैयाँमा भारतका कुनै पनि नम्बरमा १० मिनेट कल गर्न सकिने जनाइएको छ । दैनिक प्याक सुचारु भएपछि २४ घन्टासम्म मात्र यसको समयसीमा कायम रहने कम्पनीले जनाएको छ । 

कम्पनीले ल्याएको तीनदिने भ्वाइस प्याक १४ रुपैयाँमा खरिद गर्न सकिने र प्रतिमिनेट २ रुपैयाँ ५४ पैसाका दरले कल गर्न सकिने जनाइएको छ । आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप यो योजना ल्याइएको कम्पनीले जनाएको छ ।