मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २१ बुधबार ०७:११:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रमा साना तथा मझौला उद्योगको योगदान २३ प्रतिशत 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २१ बुधबार ०७:११:००

मुलुकको अर्थतन्त्रमा घरेलु, साना तथा मझौला उद्योगको योगदान २३ प्रतिशत रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । मुलुकभर सञ्चालित कुल उद्योगमध्ये करिब ८६ प्रतिशत साना तथा मझौला उद्योगको हिस्सा रहेका कारण कोभिडमा सबैभन्दा बढी यही क्षेत्रलाई असर परेको उनको भनाइ छ ।

मंगलबार महासंघको घरेलु तथा साना उद्योग समितिलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले करिब २० लाख श्रमिक प्रभावित भएको बताए । उनले भने, ‘साना तथा मझौला उद्योग–व्यवसायहरू अधिकांश असंगठित क्षेत्रमा रहेकाले कोभिडका कारण यस क्षेत्रमा आश्रित १६ देखि २० लाख मानिस प्रभावित भएका छन् ।’  

महासंघका कार्यकारिणी सदस्य डिबी बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समितिले बुधबार पूर्णता पाएको हो । समितिको सह–सभापतिमा महासंघका कार्यकारिणी सदस्य किशोर आचार्य चुनिएका छन् । सदस्यहरूमा तारानाथ घिमिरे, विजयकुमार साह, सहनलाल प्रधान, शोभाकान्त पराजुली, जमशेर मिया, लालीमान बुढा र पुष्पराज कु“वर चयन भएका छन् । 

सभापति बस्नेतको अध्यक्षतामा बसेको पहिलो बैठकले समितिमा प्रतिनिधित्व गर्ने सबै सदस्य संस्थाहरूमा ९ सदस्यीय घरेलु तथा साना उद्योग समिति गठन गर्ने, लगानी सहजीकरणका लागि बैंकर्स संघ र नेपाल राष्ट्र बैंकसँग सहजीकरण गर्ने, घरेलु मझौला र साना उद्योगको तथ्यपरक अध्ययनसँगै कोभिडबाट परेको प्रभावका बारेमा अध्ययन गर्न सहयोगी निकायको खोजी गर्ने निर्णय गरेको छ । 

समितिको विशेष आमन्त्रित सदस्यहरूमा रामेछाप उवासंघका अध्यक्ष केशवप्रसाद घिमिरे, दोलखा उवासंघका सल्लाहकार पृथ्वीबहादुर श्रेष्ठ, सिन्धुली उवासंघका वरिष्ठ उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, नवलपुर उवासंघका अध्यक्ष डासुराज पोखरेल, काभ्रे उवासंघका पूर्वअध्यक्ष लक्ष्मीलाल राजभण्डारी, गैँडाकोट उवासंघका उपाध्यक्ष लीलाबहादुर अधिकारी, बारा उवासंघका अध्यक्ष राजकुमार साह, तुलसीपुर उवासंघका सदस्य जनक खराल, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका महासचिव रामकुमार रायमाझी, ललितपुर उवासंघका उपाध्यक्ष सुसन महर्जन, दाङ उवासंघका निवर्तमान अध्यक्ष नारायण भुसाल, धुलिखेल उवासंघका प्रथम उपाध्यक्ष शुभाषकाजी माकाजु, राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य ज्ञानबहादुर तामाङ, फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसनका केदार बस्नेत, नेपाल मुद्रण उद्योग संघका गोपालप्रसाद ढकाल, उवासंघका खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटा, नेपाल हाते कागज संघका अध्यक्ष किरण डंगोल र लिफप्लस प्रालिका प्रबन्धक हरि दाहाल चयन भएको महासंघ सचिवालयले जनाएको छ । 

समितिको सल्लाहकारमा अरुणराज सुमार्गी, भरतराज आचार्य, नरेन्द्र खड्का, सुरकृष्ण वैद्य, रञ्जितराज आचार्य, गोविन्द घिमिरे, रामकृष्ण प्रसार्इं, खुसनारायण सैँजू र लोकविक्रम थापा चयन भएका छन् ।