मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएफपी न्यु योर्क
२०७७ माघ २० मंगलबार २०:१४:००
Read Time : < 1 मिनेट
विश्व

फाइजरले कोभिड- १९ खोपबाट एक वर्षभित्र १४ अर्ब डलर आम्दानी गर्ने

Read Time : < 1 मिनेट
रासस/एएफपी न्यु योर्क
२०७७ माघ २० मंगलबार २०:१४:००

फाइजर र बायोएनटेकले विकसित गरेको कोभिड– १९ खोपको बिक्री सन् २०२१ मा १४ अर्ब डलरभन्दा बढी हुने कम्पनीले  जानकारी गराएको छ । कम्पनीले भनेको छ, ‘हालसम्मको मागअनुसार खोपको बिक्री भएमा चालू आर्थिक वर्षमा फाइजरले १४ अर्ब अमेरिकी डलर आम्दानी गर्नेछ । कम्पनीसँग अहिले पनि विभिन्न मुलुकले खोपका लागि माग गर्ने क्रम जारी छ । आपूर्ति सम्झौतामा हस्ताक्षर गरेमा फाइजरले अझ बढी आम्दानी गर्न सक्छ र यसको प्रबल सम्भावना छ ।’ 

फाइजरले चौथो त्रैमासिक र सन् २०२१ का लागि पूर्ण वार्षिक नाफाको पूर्वानुमान प्रतिवेदन जारी गर्दै आगामी वर्ष आफ्नो आम्दानीमा निकै ठूलो प्रगति हुने बताएको छ । फाइजरले कोभिड– १९ खोपबाहेक सन् २०२१ मा ४४.४ अर्ब अमेरिकी डलरदेखि ४६.४ अर्ब अमेरिकी डलरको बीचमा आम्दानी गर्ने प्रक्षेपण पनि गरेको छ ।