Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ११:०४:००
Read Time : < 1 मिनेट
खेलकुद

विल्सन र नेरिकलाई इनोभेटिभ कप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ११:०४:००

विल्सन एकेडेमी र नेरिक एकेडेमीले सोमबार आठौँ इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । विल्सन सिनियर पुरुष र सिनियर महिलामा पहिलो भयो । नेरिकले जुनियर पुरुषको उपाधिमाथि कब्जा जमायो । प्रतियोगिताको सिनियर पुरुष फाइनलमा विल्सनले भ्याली पब्लिकलाई ५०–३९ ले पराजित गर्‍यो ।

विल्सनको जितमा पेम्बा शेर्पाले सर्वाधिक ३२ स्कोर योगदान गरे । यसैगरी सिनियर महिलाको उपाधि भिडन्तमा विल्सनले आयोजक इनोभेटिभलाई २०–१९ को झिनो अन्तरले हरायो । विल्सनका सिमरन गुरुङले १० स्कोर गरे । 

प्रतियोगिताअन्तर्गत जुनियर पुरुष फाइनलमा नेरिकले ज्ञान निकेतनलाई २७–१७ ले पाखा लगायो । नेरिकका भुवन थापाले १७ स्कोर गरे । फाइनलमा सर्वाधिक स्कोर गरेका पेम्बा, सिमरन र भुवन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सिनियर पुरुषमा भ्याली पब्लिकका राहुल विक, सिनियर महिलामा इनोभेटिभकी स्वच्छता थापा र जुनियर पुरुषमा ज्ञान निकेतनका जेबिस सारू सर्वाधिक स्कोरकर्ता भए । प्रतियोगिताभर राहुलले ७८, सिमरनले ५९ र जेबिसले ४७ स्कोर गरे ।