मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २० मंगलबार १४:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंं महानगरपालिका भन्छ– कमलपोखरी निर्माणको विरोध गर्नुपर्ने कारण छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २० मंगलबार १४:५०:००

काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माणकार्य गुरुयोजनाअनुरुप नै भएकाले विरोध गर्नुपर्ने कारण नभएको बताएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले पत्रकारसँग मंगलबार कुरा गर्दै कमलपोखरीको संरक्षण गर्न गुरुयोजना बनाएर निर्माणकार्य गरिरहेको र कमलपोखरीको जग्गामा अनधिकृत रूपमा बनाइएको स्पोर्टस् क्लब र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नुपर्ने कारण नभएको बताएका हुन् । उक्त भवनहरू नक्सापास गरेर स्वीकृति नलिई बनाइएको पनि उनले बताए । 

कमलपोखरीको जग्गामा बसिरहेका नेपाल प्रहरी र ट्राफिक प्रहरी भने काठमाडौं महानगरपालिको अनुरोधमा छोडेको उनको भनाइ छ । स्पोर्टस् क्लब र राधेराधेको भवन अनधिकृत रूपमा निर्माण भएको सूचना तथा प्रतिवेदन महानगरपालिकाले प्राप्त गरेपछि त्यहाँबाट उक्त भवन हटाइएको ज्ञवालीले बताए ।