मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ माघ २९ मंगलबार ११:०२:००
Read Time : < 1 मिनेट
खेलकुद

चेल्सीको पोस्टमा सिटीका ६ गोल

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ माघ २९ मंगलबार ११:०२:००

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले बलियो प्रतिद्वन्द्वी चेल्सीमाथि ६–० को प्रभावशाली जित निकालेको छ । चेल्सीको पोस्टमा आधा दर्जन गोल लगाउँदा सिटीका स्ट्राइकर सर्जिओ अगुएरोले कीर्तिमानी ह्याट्रिक पूरा गरे । सिटीका लागि अगुएरोले लगातार ह्याट्रिक गोल गरेका हुन् । सिटीले २७ खेलबाट ६५ अंक बटुल्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान ६५ अंक नै छ । गोलअन्तरमा सिटी शीर्ष स्थानमा पुगेको हो । चेल्सी २६ खेलबाट ६० अंकसहित छैटौँ स्थानमा छ ।

 सेररको कीर्तिमान बराबरी
सिटीले चेल्सीमाथि एकपक्षीय जित निकाल्दा स्टार स्ट्राइकर अगुएरोले इंग्लिस म्यान एलान सेररको ह्याट्रिक बराबरी गरेका छन् । प्रिमियर लिगमा एलानको नाममा सर्वाधिक ११ ह्याट्रिकको कीर्तिमान छ । अगुएरोले सेररको नाममा रहेको रेकर्ड बराबरी गरेका हुन् । इंग्लिस लिगमा सिटीलाई शीर्ष स्थानमा फर्काउनेक्रममा रहिम स्टर्लिङले २ तथा गुन्डुगानले १ गोल गरे ।

२५ मिनेटभित्र ४ गोल
सिटीले चेल्सीलाई सुरुदेखि नै दबाबमा राख्यो । सिटीले २५ मिनेटभित्र ४ गोल गरेपछि चेल्सीको खेलमा फर्कने सम्भावना कमजोर बनेको थियो । सिटीलाई चौथो मिनेटमै स्टर्लिङले १–० को अग्रता दिलाए । खेलको १३औँ मिनेटमा अगुएरोले सिटीलाई २–० को स्थितिमा राखे । खेलको १९औँ मिनेटमा अगुएरोले नै व्यक्तिगत दोस्रो गोल थप्दा सिटी ३–० ले अगाडि बढ्यो । २५औँ मिनेटमा गुन्डुगानले घरेलु समर्थकलाई खुसी पार्दै ४–० का लागि गोल ठोके । सिटीले दोस्रो हाफमा थप २ गोल गर्‍यो । खेलको ५६औँ मिनेटमा पेनाल्टीमार्फत अगुएरोले ह्याट्रिक पूरा गरे । खेलको ८०औँ मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ६–० को सानदार जित दिलाए ।