मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
ज्ञानु पंगेनी
२०७५ माघ २९ मंगलबार १०:५१:००
Read Time : < 1 मिनेट
समाचार

ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Read Time : < 1 मिनेट
ज्ञानु पंगेनी
२०७५ माघ २९ मंगलबार १०:५१:००

नवलपरासी पूर्वको कावासोती नगरपालिका १६ डण्डामा दुध बोक्ने ट्याङ्करले मोटरसाईकललाई ठक्कर दिएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार सोमबार राति १० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ३ ख ९१५८ नम्बरको ट्याङ्करले विपरित दिशातर्फ जाँदै गरेको लु २८ प २०३१ नम्बरको माटेराईकललाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा नवलपुरको मध्यविन्दु नगरपालिका दुई २ का ४२ वर्षीय युवराज घिमिरे र  सोहि ठाउँका ३६ वर्षीय पिताम्बर पाठकको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा डण्डाको मध्यविन्दु सामुदायीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर र चालक हाल प्रहरीको नियन्त्रणमा छन् ।