१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ माघ १७ शनिबार १५:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न साइकल वितरण

Read Time : < 1 मिनेट
२०७७ माघ १७ शनिबार १५:४६:००

सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न सिराहाको गोलबजार नगरपालिका–९ कार्यालयले स्थानीय माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार छात्रछात्रालाई साइकल वितरण गरेको छ । वडा कार्यालयले गोलबजार ९ डन्डास्थित जनता माविको कक्षा ११ मा अध्ययनरत २१ जना छात्रछात्रालाई साइकल वितरण गरेको हो । 

सामुदायिक विद्यालयमा पढ्ने छात्रछात्राहरूको पठनपाठन सहज बनाउन साइकल वितरण गरिएको वडाध्यक्ष रामपुकार कामतीले बताए । मध्यमवर्गीय र व्यापार–व्यवसाय गरिरहेका परिवारले आफ्ना छोराछोरीलाई सहर–बजारका निजी विद्यालयमा पढाइरहेको चर्चा गर्दै वडाध्यक्ष कामतीले घरको काम भ्याएर सामुदायिक विद्यालयमा पढिरहेका छात्र–छात्राहरूलाई विद्यालय आवतजावत गर्न सहजताका लागि वडास्तरीय कार्यक्रमबाट साइकल दिइएको उल्लेख गरे । 

गत आर्थिक वर्ष २०७६–०७७ का लागि वडास्तरीय कार्यक्रमका लागि प्राप्त बजेटमध्ये चार लाख रुपैयाँमा खरिद गरिएको ६५ थान ४१ वटा बाँडेपछि बाँकी रहेको २४ वटा साइकल बाँडेको उनले बताए । उनका अनुसार तीनजना छात्रछात्रा अनुपस्थित रहेकाले तीन थान साइकल बाँकी रहेको र आइतबार विद्यालय खुलेपछि दिइने बताए । 

‘सामाजिक सद्भाव र संस्कारिक शिक्षा, छोरीलाई शिक्षा आजको आवश्यकता’ भन्ने नारासहित वडा कार्यालयले गत वर्षदेखि नै वडाक्षेत्रका सामुदायिक विद्यालयमा पढिरहेका विद्यार्थीहरूलाई साइकल बाँड्दै आएको छ । 

वडा कार्यालयले चालू आवमा आधारभूत तहको एउटा विद्यालयको बाल विकास केन्द्रमा मन्टेस्वरीलाई एक लाख ३० हजार रुपैयाँबराबरको शैक्षिक सामग्री खरिद गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको वडाध्यक्ष कामतीले बताए । उक्त वडामा एउटा १२ कक्षा र एउटा कक्षा पाँचसम्म पढाइ हुने आधारभूत तहको पढाइ हुने विद्यालय रहेको वडा कार्यालयले जनाएको छ ।