मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्ह्वा बुडापेष्ट
२०७७ माघ १७ शनिबार १५:३८:००
Read Time : < 1 मिनेट
विश्व

हंगेरीमा कोरोनाविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बुडापेष्ट
२०७७ माघ १७ शनिबार १५:३८:००

हंगेरीमा कोरोना भाइरसविरुद्ध चिनियाँ खोप पनि प्रयोग गरिने भएको छ । हंगेरीका सरकारी अधिकारीहरूले चिनियाँ खोप प्रयोग गर्ने निर्णय गरेका हुन् । 

उनीहरूले चीनमा विकास गरिएको सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको शुक्रबार जानकारी दिएका छन् । हंगेरीका प्रमुख मेडिकल अधिकृत सेसिलिया मुलरले भने, ‘राष्ट्रिय फार्मेसी तथा पोषण इन्स्टिच्युटले शुक्रबार चिनियाँ सिनोफार्म खोप प्रयोग गर्ने निर्णय गरेको छ ।’

यसबाहेक हंगेरीमा फाइजर बायोन्टेकले विकास गरेको खोप, बेलायतमा विकास गरिएको र रुसमा विकास गरिएको खोपलाई पनि प्रयोगका लागि अनुमति दिइसकिएको छ । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्धमा अरू पनि धेरै वैज्ञानिकले खोप विकास गर्ने प्रयास गरिरहेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गत मंगलबार दिएको जानकारीअनुसार अहिले विश्वभरि २३६ प्रकारका खोप विकास गरिएको छ भने तीमध्ये ६३ वटा चिकित्सकीय परीक्षणका क्रममा छन् ।