मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०९:१८:००
Read Time : < 1 मिनेट
सप्तरंग

विराटनगरमा मुनामदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार ०९:१८:००

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति ‘मुनामदन’मा आधारित नाटक हाल विराटनगरमा मञ्चन भइरहेको छ । विराट आदर्श साहित्यिक मञ्चले आरोहण गुरुकुलमा मुनामदन मञ्चन गरेको हो । 

यसअघि नै दुईपटक विराटनगरमा मञ्चन भइसकेको मुनामदन हेर्न अहिले पनि दर्शकको चाप उत्तिकै रहेको छ । विभिन्न समुदायसँगै विशेषगरी विद्यालयको मागका कारण मुनामदन मञ्चन गर्नुपरेको मञ्च तथा टिमका सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । उनका अनुसार मुनामदन चैतमा धरानमा मञ्चन गर्ने तयारी भइरहेको छ । 

दीपक कट्वालको नाट्य रूपान्तर रहेको नाटकलाई सविन कट्टेलले निर्देशन गरेका हुन् । नाटकमा लकेश दंगाल, सरु कट्वाल, मिलन चाम्लिङ, जीविका लिम्बू, वर्षा न्यौपानेलगायतको अभिनय गरेका छन् । मुनामदन ४ फागुनसम्म मञ्चन हुनेछ।