मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७७ माघ १५ बिहीबार १९:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनुषामा मदिरा उद्योगीको हत्या 

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ माघ १५ बिहीबार १९:२८:००

धनुषामा मदिरा उद्योगीको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिका– ७ महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्ट्रिलरी इन्डस्ट्रिजका सञ्चालक उदयपुरको त्रियुगा नगरपालिका– ७ चुओरका ५१ वर्षीय प्रमोद रेग्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंगलबाार बिहान आफ्नो घरबाट उद्योग आएका रेग्मीको शव रक्ताम्य अवस्थामा बिहीबार उद्योगको प्रांगणमा रहेको कोठाभित्र फेला परेको हो । प्रहरीका अनुसार टाउकोमा गहिरो चोट लागेको छ भने शरीरबाट अत्यधिक रगत बगेको छ ।

मृतक रेग्मीका आफन्त विनोद पाण्डेका अनुसार बुधबार साँझ रेग्मीले साथीभाइसँग उद्योगमै बसेर मदिरा सेवन गरेका थिए । त्यसपछि उनले राति करिब १० बजे आफ्ना छोराछोरीसँग फोनमा कुराकानीसमेत गरेका थिए । बिहान रेग्मी मृत अवस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार रेग्मीको टाउकोमा सात इन्च लामो दुई इन्च गहिरो घाउ देखिएको छ । घटना शंकास्पद भएको प्रहरीको भनाइ छ । इप्रका प्रमुख दीपक रायले शवको प्रकृति हेर्दा हत्याजस्तो लागेकाले अनुसन्धान थालिएको बताए ।