मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १५ बिहीबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इन्फिनिक्सको नोट ८ आई स्मार्टफोन दराजमार्फत सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १५ बिहीबार ०६:४८:००

इन्फिनिक्स मोबाइलले नयाँ प्रविधि र सुविधाका साथ इन्फिनिक्स नोट आई सार्वजनिक गरेको छ । कम्पनीले २१ हजार ४ सय १० रुपैयाँमा गेमिङ र फोटोग्राफीको अनुभव प्रदान गर्ने फोन बजारमा ल्याएको हो । 

ग्राहकहरूले इन्फिनिक्स नोट ८ आई आजदेखि दराजमार्फत प्रि–बुक गर्न सक्ने कम्पनीले जनाएको छ । अक्टाकोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ बाट सुपर चार्ज ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८ इन्फिनिटी ओ डिस्प्ले, ६ जिबी राम, १२८ जिबी रोम, अल्ट्रा नाइट भिजनको विशेषता रहेको ४८ एमपीको क्वाडक्यामेरा सेटप, ८ एमपी फ्रन्ट सुटर र अरू धेरै सुविधा रहेको स्मार्ट फोन बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । 

यसको जी ८० प्रोसेसरले फोनको भारी प्रयोग गर्दा पनि एकदमै दुरुस्त रेस्पोन्स टाइम र ल्यागविनाको अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । साथै, मेडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजीले लगातार विद्युत् खपत, तापक्रम, र प्रयोगको ढाँचा मापन गर्ने भएकाले सिपियू, जिपियू र रामको व्यवस्थापनमा मद्दत गर्ने कम्पनीले जनाएको छ ।