मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १४ बुधबार ०८:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खानेपानीको बिल आइएमई पेबाट तिर्ने सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १४ बुधबार ०८:००:००

आइएमई पे र मोरङको इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिबीच सम्झौता भएको छ । उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्ने सम्झौता भएको हो ।  
सम्झौतापत्रमा ‘आइएमई पे’का अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीकी सञ्चालक सुजाता चौलागाईंले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।