१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
उत्तम पोखरेल
२०७५ माघ २९ मंगलबार ०७:३०:००
Read Time : < 1 मिनेट
समाचार

घरका कोठामा च्याउखेती

Read Time : < 1 मिनेट
उत्तम पोखरेल
२०७५ माघ २९ मंगलबार ०७:३०:००

पछिल्लो समय च्याउखेतीतर्फ कृषकको आकर्षण बढ्दै छ । थोरै लगानीमा उत्पादन हुने च्याउ अहिले घरका कोठा–कोठामा उत्पादन गर्न थालिएको छ । बेलबारीका २ वटा वडाका अधिकांश घरमा च्याउका पोकाहरू भेटिन थालेका छन् । नगरपालिकाले प्राविधिक सहयोग र बीउ किनेर दिएपछि अहिले कृषकका घरका कोठामा समेत  प्लास्टिकभित्र च्याउका पोका भेटिने गरेका हुन् । बेलबारी नगरपालिकाका वडा नम्बर ३ र ६ का धेरै घरमा पोका झुन्ड्याएर राखिने गरेको छ । 

‘कोठामा पनि च्याउ फल्दो रहेछ । धेरै समय पनि दिनु नपर्ने रहेछ,’ बेलबारी ३ का जेबी कोइरालाले भने,‘भुइँमा राखेर र झुन्ड्याएर पनि खेती गर्न सकिँदो रहेछ । घरका कोठा भाडा लगाउनुभन्दा च्याउखेती गर्दा फाइदा हुने रहेछ,’ बेलबारी होटेल व्यवसायी संघका अध्यक्षसमेत रहेका मोहन पोखरेलले भने, ‘च्याउको बजार पाइँदैन भन्ने छैन । त्यही भएर सुत्ने कोठामा नै च्याउका पोका झुन्ड्याउन मन छ । आफैँले  उत्पादन गरको अर्गानिक तरकारी खान पाउनु नै ठूलो कुरो हो ।’

६ नम्बर वडाले उत्पादन वर्षका रूपमा आफ्नो  वडालाई लिएर बीउदेखि प्राविधक सहयोगसम्मको योजना अगाडि सारेको छ । ‘तरकारीको बीउ दिन्छाँै । को कृषक कस्तो भन्ने थाहा हुन्छ,’ वडा अध्यक्ष उदयबहादुर राईले भने, ‘बीउ दिएपछि लगेर बारीमै मिल्कायो भने पनि पछि फल्छ र उसले स्वाद पाएर खेती गर्न थाल्छ ।’ स्थानीयलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको वडाध्यक्ष योगेन्द्र सुवेदीले बताए ।