मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १३ मंगलबार २२:००:००
Read Time : > 4 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबार दिनभरका मुख्य खबर

Read Time : > 4 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १३ मंगलबार २२:००:००

सिरम इन्स्टिच्युड : कोभिसिल्डबाहेक कुन–कुन खोप बनाएको छ ?

कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड उत्पादन गरेको सिरम इन्स्टिच्युड अफ इन्डिया प्राइभेट लिमिटेडले वर्षाैँदेखि देश–विदेशका बालबालिकाको जीवन बचाउने खोप विकास गर्दै आइरहेको छ । यो कम्पनीले सर्पको विष काट्ने खोप, डिप्थेरिया, टिटानस (डिपिटी), बिसिजी, दादुरा, रुबेला, रोटा भाइरस, हेपाटाइटिस ‘बी’लगायतको खोप उत्पादन गर्दै आएको छ । अहिले पछिल्लो समयमा आएर कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरी यसले भारत सरकारलाई प्रदान गर्न थालेको छ । यस कम्पनीको पूणेस्थित कारखानामा केही दिनअघि आगलागी हुँदा कम्पनीले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको जनाएको छ । तर, यो आगलागी कोभिसिल्ड खोप उत्पादन गर्ने कारखानामा भएको होइन । आगलागी भएको स्थानमा रोटा भाइरसविरुद्धको खोप उत्पादन हुँदै आएको थियो । कोभिसिल्ड खोप उत्पादन हुने स्थान यहाँबाट करिब एक किलोमिटर दूरीमा छ । कम्पनीले आगलागीबाट बिसिजी र रोटा भाइरस खोप उत्पादन प्रभावित भएको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अदार पुनावालाले इन्डियन एक्सप्रेसलाई भनेका छन्, ‘आगलागीबाट कोरोना भाइरसविरुद्धको खोप उत्पादनमा कुनै असर भएको छैन ।’ यो कम्पनीले अक्सफोर्ड/एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमा कोभिसिल्डको नाममा उत्पादन मात्रै गरेको हो । यो कम्पनीले सन् १९६६ देखि नै विभिन्न भ्याक्सिन उत्पादन गर्दै आएको छ ।

हरेक तानाशाह आफ्नो अन्तिम घडीमा ओली सरकारले झैँ नागरिकमाथि दमनमा उत्रन्छन् : रामचन्द्र पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्ज रूपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै पौडेलले हरेक प्रतिगामी शासक र तानाशाहले आफ्नो अन्तिम समयमा अहिलेका प्रधानमन्त्री केपी ओलीले जस्तै विरोधीलाई अपमानित गर्ने गरेको स्मरण गरेका छन् । उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडीमा सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार गरेझैँ दमनमा उत्रने गरेको इतिहास रहेको उनले बताएका छन् । पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिगमनसँग डटेर लड्नका लागि थप ऊर्जा प्रदान गर्ने पनि बताए । उनले प्रतिगमनविरुद्धका सबै आन्दोलनमा साथ र समर्थन रहने पनि उल्लेख गरेका छन् । साथै लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफैँ अघिल्लो मोर्चामा हुने पनि बताएका छन् ।

केपी ओलीले १४ वर्ष जेल बस्दा उखानटुक्का मात्रै सिकेछन् : भीम रावल

नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलको प्रतिनिधिसभा विघटन असंवैधानिक र लोकतन्त्रविरोधी कदम भएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले गत ५ पुसमा गरेको संसद् विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव समूहले मुगु सदरमुकाम गमगढीमा आयोजना गरेको विरोध सभामा उनले व्यंग्यात्मक शैलीमा भने, ‘केपी ओलीले १४ वर्ष जेल बस्दा लोकतन्त्रको पाठ नसिकी खाली उखानटुक्काको पाठ मात्रै सिकेका रहेछन् ।’ 

नेकपाबाट उम्मेदवार हुन र सूर्य चिह्नबाट चुनाव लड्न केपी ओलीकै हस्ताक्षर चाहिन्छ : ईश्वर पोखरेल 

उपप्रधानमन्त्री तथा नेकपा ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले निर्वाचन आयोगले नेकपा फुटको विरुद्धमा निर्णय गरेको व्याख्या गर्दै नेकपाबाट उम्मेदवार हुन र सूर्य चिह्नबाट चुनाव लड्न नेकपाको प्रथम अध्यक्ष केपी ओलीकै हस्ताक्षर चाहिने दाबी गरेका छन् । राजविराज रंगशालामा मंगलबार आयोजित आफूपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालकै कारण पार्टीमा अहिलेको अवस्था आएको दाबी गरे । 

मालपोतमा दुई महिनामा नौ भ्रष्टाचार काण्ड

मालपोत कार्यालय कलंकीमा कार्यरत अधिकृत दीपक दाहाल र नायब सुब्बा नारायण श्रेष्ठ ७ माघमा पक्राउ परे । बेल्जियममा रहेकी मीना खड्काको थानकोटमा रहेको २० आना जग्गा उनलाई थाहै नदिई गत वर्ष मालपोत कार्यालयले बिक्री गरिदिएको थियो । कलंकी मालपोतका कर्मचारीले नक्कली लालपुर्जाका आधारमा डोर खटाएर जग्गा नामसारी गरेको खुलेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले उनीहरूलाई पक्राउ गरेको थियो । अहिले उनीहरूलाई थुनामा राखेर अनुसन्धान चलिरहेको छ । त्यसको अघिल्लो दिन अर्थात् ६ माघमा मालपोत कार्यालय, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४० हजार रुपैयाँ घुससहित पक्राउ ग¥यो । जग्गा हालसाबिकका क्रममा ट्रायल जाँच गर्दा क्षेत्रफल बढी भएको जग्गा मिलाउनका लागि उनले लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठमार्फत घुस लिएका थिए । 

केपी ओली झेली हुन्, अलमलमा नपरौँ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई अलमलमा नपर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीले हरेक क्षेत्रमा झेल मात्रै गरेको नेपालको जिकिर छ । फिदिममा आयोजिक बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेपालले दुईतिहाइ केन्द्रीय सदस्य आफूहरूसँग रहेको भन्दै चुनाव चिह्न र पार्टीको नामका विषयमा अलमलमा नपर्न पनि आग्रह गरे । चार सय ४१ मध्ये तीन सयभन्दा बढी केन्द्रीय सदस्य आफूहरूसँग रहेको दाबी गर्दै उनले भने, ‘जम्मा एक सयजना साथीहरू उता जानुभा’छ । त्यो पनि वास्तविकता थाहा पाएपछि यतै आउने हो ।’ आफूहरू नै नेकपाको मूलधार भएको उनको दाबी छ । ओलीले चालेको असंवैधानिक कदमको विरोध जारी रहने पनि उनले बताए । 

रुँदा शरीरमा हुने नौ फाइदा 

हाम्रो समाजमा रुनुलाई एक नकारात्मक भावको रूपमा हेरिने गरिन्छ । किनकि जीवनमा दुःख, पीडा परेपछि मात्रै मानिस रुन्छन् भन्ने हाम्रो सोच छ । तर, धेरै मानिसलाई थाहा नहुन सक्छ रुनु स्वास्थ्यका लागि भने निकै फाइदाजनक छ । एक अध्ययनअनुसार रुँदा स्वास्थ्यमा हुने नौवटा फाइदा निम्न प्रकारका छन् । 

नागरिक समाजको आन्दोलनमा प्रचण्ड–माधवको ऐक्यबद्धता, दमन र हस्तक्षेप नगर्न सरकारलाई चेतावनी

विरोध प्रदर्शनमा दमन र हस्तक्षेप नगर्न सरकारलाई नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले चेतावनी दिएका छन् । संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र संघर्षशीलताको स्वागत गर्दै प्रचण्ड र नेपालले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । प्रचण्ड र नेपालले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै सोमबारको नागरिक समाजको प्रदर्शनमा प्रहरीले क्रूरतापूर्वक हमला गरेर निन्दनीय र खेदजनक काम गरेको बताएका छन् । 

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १९ माघमा भ्रातृ संस्था, २४ माघमा शुभेच्छुक र ३० माघमा ७७ वटै जिल्ला कार्यसमितिले प्रदर्शन गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकाका तीन जिल्लाको भने संयुक्त रूपमा प्रदर्शन र सभा हुने कांग्रेसले जनाएको छ । कांग्रेसले यसअघि पनि चरणवद्ध रुपमा विरोध कार्यक्रम गरेको थियो । यस्तै बैठकले अधिवेशन हुन बाँकी भ्रातृ संगठनको म्याद ६ महिना थप्ने निर्णय पनि गरेको छ । 

कांग्रेसको समायोजनका काम फेरि निर्वाचन समितिकै थाप्लोमा

संघीय संरचनाअनुसार कांग्रेसका संगठन पुनर्संरचनाको विवाद पुनः निर्वाचन समितिकै थाप्लोमा परेको छ । समितिले एक वर्षदेखि समायोजनको पहल गर्दा पनि समायोजनको काम सहज रूपमा गर्न नसकेपछि विवाद समाधानको जिम्मा केन्द्रीय समितिलाई लगाएको थियो । तर, मंगलबार बसेको केन्द्रीय समिति बैठकले विवादित ती जिल्लाको समायोजन पुनः निर्वाचन समितिले नै गर्ने निर्णय गरेको हो । 

ओलीले संसदीय परम्परा मात्रै हेरे, संविधानका धारा हेरेनन् : नरहरि आचार्य

कांग्रेस नेता नरहरि आचार्यले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्दा संसदीय परम्परा र प्रणालीलाई मात्रै आधार बनाएको टिप्पणी गरेका छन् । उनले अहिलेको संसदीय व्यवस्था दलहरूको सम्झौताको रूपमा ल्याइएको स्मरण गरे । अस्वस्थताका कारण लामो समयदेखि पार्टीको बैठकमा जान नसकिरहेका नेता आचार्यले मंगलबार बसेको केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटनको विषयमा बोल्दै संविधान बनाउँदाका बखत नै यी विषयहरूमा छलफल भएको सुनाए । ‘संविधानसभाले संविधान बनाउँदा नै यस कुरामा धेरै छलफल भएको हो । केही विवाद पनि भएको थियो । कांग्रेसले औपचारिक रूपमा परम्परागत संसदीय प्रणालीकै वकालत गरेको हो । माओवादीले कार्यकारी राष्ट्रपतिको प्रस्तावलाई अघि बढाएको थियो,’ नेता आचार्यले भने, ‘कांग्रेसका पनि २५ जना सभासद् प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा थिए । तर, घोषणापत्रमै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री लेखेको एमालेले कहिल्यै वकालत गरको होइन ।’ 

२०१९ मा नाम कमाएका तीव्र गतिका आठ कार

२१औँ शताब्दीमा कार पारखीहरूका लागि ‘कारको गति’ थपिएको रोजाइ हो । उनीहरू स्पिड (गति)लाई मोडेल र क्लास जत्तिकै महत्वपूर्ण ठान्ने गर्छन् । सन् २०१९ मा आएका उत्कृष्ट स्पिड भएका केही कार यहाँ प्रस्तुत गरिएको छ । 

भारतमा गणतन्त्र दिवसका दिन किसानहरूको ट्याक्टर ऱ्याली

भारतका किसानले गणतन्त्र दिवसका अवसरमा ट्याक्टर ऱ्याली प्रदर्शन गरेका छन् । कृषिसम्बन्धी तीन कानुन खारेजको माग गर्दै आन्दोलनमा उत्रिएका किसानले गणतन्त्र दिवसको दिन प्रतीकात्मक रूपमा ट्याक्टर ऱ्याली निकालेका हुन् ।