मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रञ्जन भण्डारी
२०७५ माघ २९ मंगलबार ०७:०४:००
Read Time : < 1 मिनेट
समाचार

दाहसंस्कार गर्न लगिएको शव प्रहरीको नियन्त्रणमा

Read Time : < 1 मिनेट
रञ्जन भण्डारी
२०७५ माघ २९ मंगलबार ०७:०४:००

मनरा सिस्वा नगरपालिका–८ की २० वर्षीया धनमतीदेवी महतोको दाहसंस्कार गर्न लागिएको शव नियन्त्रणमा लिई प्रहरीले पोस्टमार्टमका लागि पठाएको छ । प्रहरीले हत्याको आशंकामा धनमतीका श्रीमान् र जेठानीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ । 

आइतबार बिहान ९ बजे स्वाभाविक मृत्यु भएको भन्दै परिवारले दाहसंस्कारको तयारी गरेको थियो । तर, माइतीपक्षले छोरीको हत्या भएको भनी जानकारी गराएपछि प्रहरीले शव नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाएको हो । शवको घाँटीमा चोट तथा पाखुरामा नीलडाम देखिएको छ । 

प्रहरीसमक्ष प्रारम्भिक बयानमा धनमतीदेवीका पतिले पासो लगाएर आत्महत्या गरेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले घटना शंकास्पद देखिएकाले अनुसन्धान थालिएको बताए । मृतकका एक महिनाका छोरा छन् ।