मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १३ मंगलबार १६:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हरेक तानाशाह आफ्नो अन्तिम घडीमा ओली सरकारले झैँ नागरिकमाथि दमनमा उत्रन्छन् : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १३ मंगलबार १६:१३:००

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्ज रूपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै पौडेलले हरेक प्रतिगामी शासक र तानाशाहले आफ्नो अन्तिम समयमा अहिलेका प्रधानमन्त्री केपी ओलीले जस्तै विरोधीलाई अपमानित गर्ने गरेको स्मरण गरेका छन् । 

उनले सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि पनि आफ्नो अन्तिम घडीमा सोमबार प्रबुद्ध नागरिकमाथि प्रहार गरेझैँ दमनमा उत्रने गरेको इतिहास रहेको उनले बताएका छन् । पौडेलले प्रतिगामी र तानाशाहले गर्ने दमनले नागरिकलाई प्रतिगमनसँग डटेर लड्नका लागि थप ऊर्जा प्रदान गर्ने पनि बताए । 

उनले प्रतिगमनविरुद्धका सबै आन्दोलनमा साथ र समर्थन रहने पनि उल्लेख गरेका छन् । साथै लोकतन्त्र र लोकतान्त्रिक संविधानको रक्षाका लागि हुने आन्दोलनमा उनले आफैँ अघिल्लो मोर्चामा हुने पनि बताएका छन् ।