मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एएनआई पाल्म बिच
२०७७ माघ १३ मंगलबार १३:१६:००
Read Time : < 1 मिनेट
विश्व

ट्रम्पद्वारा फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना 

Read Time : < 1 मिनेट
रासस/एएनआई पाल्म बिच
२०७७ माघ १३ मंगलबार १३:१६:००

अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहराज्य फ्लोरिडामा ‘पूर्वराष्ट्रपतिको कार्यालय’ स्थापना गरेका छन् ।  फ्लोरिडाको पाल्म बिचमा सोमबार उनले कार्यालय स्थापना गरेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । 

‘पूर्वराष्ट्रपतिको कार्यालयबाट उनले पूर्वराष्ट्रपतिको रूपमा गर्ने सार्वजनिक भूमिका र गतिविधि सञ्चालन गर्नेछन्,’ उनका सहयोगीहरूले भनेका छन् । सो कार्यालयबाट पत्र तथा वक्तव्यहरू आदानप्रदान गर्ने, बैठक तथा भेटवार्ता गर्ने, औपचारिक सम्पर्क गर्नेलगायतका कार्य हुने उनीहरूको भनाइ छ ।

यसैगरी, ट्रम्पको कार्यकालमा भएगरेका कामहरूको समीक्षा तथा निरन्तर चासो राख्ने र त्यसलाई थप संस्थागत पनि यस कार्यालयबाट हुने जनाइएको छ । नयाँ राष्ट्रपति जो बाइडेनको प्रशासनले गरेका कामहरूप्रति टिप्पणी गर्ने र त्यसका विरुद्ध जनमत बनाउने रणनीति पनि यसै कार्यालयबाट हुन सक्ने अनुमान गरिएको छ । 

‘राष्ट्रपति ट्रम्प सधैँ अमेरिकी जनताको राष्ट्रपति हुनुहुन्छ, सबैले उनलाई आफ्नो अभिभावक मानेका छन्,’ उनको कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ । उनको कार्यालयको नामलाई आधार मान्दा सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनमा पनि उम्मेदवार बन्ने छैनन् भनेर भन्न नसकिने टिप्पणी गरिएको छ । तर, उनी र उनका सल्लाहकार तथा सहयोगीहरूले भने यसबारेमा स्पष्ट पारेका छैनन् ।

यही २० जनवरीमा राष्ट्रपति कार्यालयबाट बाहिरिएपछि पूर्वराष्ट्रपति ट्रम्प सोमबारसम्म मौन थिए।  सामाजिक सञ्जाल ट्विटरले समेत उनको ट्विटर खाता खारेज गरिदिएकाले उनलाई सार्वजनिक रूपमा टीकाटिप्पणी गर्ने माध्यमको अभाव भएको थियो । 

अमेरिकी संसदमा भएको पछिल्लो हिंसात्मक घटनाको प्रशंसा गर्दै हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेपछि ट्विटरले उनको खाता खारेज गरिदिएको हो । अनेक विवादका बीच प्रतिस्पर्धी बाइडेनको जितलाई समेत अस्वीकार गर्दै उनलाई बधाई नदिई ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइटहाउसबाट बाहिरिएका थिए ।