मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव
२०७५ माघ २९ मंगलबार ०७:००:००
Read Time : < 1 मिनेट
समाचार

रेल्वे स्टेसनमा पर्साका दुई किशोरीको शव फेला

Read Time : < 1 मिनेट
तिवारी यादव
२०७५ माघ २९ मंगलबार ०७:००:००

सीमावर्ती सहर भारतको रक्सौल रेल्वे स्टेसनमा पर्साका दुईजना किशोरीको शव फेला परेको छ । प्रहरीले शव पर्साको कलिकामाई गाउँपालिका–२ भेडिहारी बस्ने राजेश्वर साहकी छोरी निभा विपिसी र सोही गाउँपालिका–३ हरिहरपुर बस्ने किरण चौरसियाको रहेको जनाएको छ । 

एक किशोरीको खुट्टा र अर्कीको टाउको नै काटिएको अवस्थामा शव भेटिएको छ । अध्ययनका क्रममा दुवैजना वीरगन्जको रानीघाटमा डेरा लिई बस्दै आएका थिए । मृतकहरूका साथबाट फेला परेको परिचयपत्रबाट दुवैजना वीरगन्ज पब्लिक कलेजमा कक्षा ११ मा पढ्दै आएको खुलेको छ ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक आन्नतराज शर्माले दुवैजना रेल्वे स्टेसनमा कसरी पुगे भनेर अनुसन्धान भइरहेको बताए । स्थानीयका अनुसार मृतकमध्ये एकको आगामी १ फागुनमा विवाहका लागि पुजाइ हुँदै थियो ।