मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ माघ १३ मंगलबार १२:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ पत्रकार नारायण वाग्लेसहित मानव अधिकारकर्मीमाथि सरकारले गरेको आक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण 

Read Time : < 1 मिनेट
२०७७ माघ १३ मंगलबार १२:४९:००

प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक तहबाट भएको शान्तिपूर्ण आन्दोलनमा सहभागी वरिष्ठ पत्रकार नारायण वाग्ले, मानव अधिकारकर्मी कृष्ण पहाडीलगायतमाथि प्रहरीद्वारा बर्बर आक्रमण गरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति जारी गरेको छ । 

सोमबार  नागरिक आन्दोलन र मानव अधिकारवादीले कमलपोखरीमा गरेको शान्तिपूर्ण कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार वाग्ले, मानव अधिकारकर्मी पहाडीलगायत मानव अधिकारवादी र नागरिक अभियन्तामाथि प्रहरीले लाठी र पानीका फोहाेरा प्रहार गर्दा दर्जनभन्दा बढी घाइते भएका थिए ।

शान्तिपूर्ण र स्वतन्त्र रूपमा प्रदर्शनमा उत्रिएका मानव अधिकारवादी र नागरिक अभियन्तामाथि भएको प्रहरीको यो दमन अभिव्यक्ति स्वतन्त्रताविरोधी कार्य भन्दै महासंघले प्रहरीको यो बर्बर दमनले नागरिकको हकअधिकारमाथिसमेत गम्भीर आघात पुगेको  ठहर गरेको छ ।  संविधानले सुनिश्चित गरेको नागरिकको हकअधिकारको रक्षा गर्न, विधिको शासन र कानुनीराजको सम्मान गर्न महासंघले  सरकारको  ध्यानाकर्षण गराएको छ ।   आगामी दिनमा यस्ता दमनकारी कार्य नदोर्‍याउन सरकारलाई चेतावनीसमेत दिएको छ ।