मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हदिश खुद्दार
२०७५ माघ २९ मंगलबार ०७:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल–भारत सीमामा सुरक्षा कडा पारिने

Read Time : < 1 मिनेट
हदिश खुद्दार
२०७५ माघ २९ मंगलबार ०७:००:००

भारतको आसन्न लोकसभा चुनावलाई लक्षित गर्दै नेपालले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । सोमबार जनकपुरमा भएको दुई देशका सुरक्षा अधिकारीहरूको बैठकमा लोकसभा निर्वाचनअन्तर्गत भारतको बिहार राज्यमा हुने चुनावका वेला सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने निर्णय भएको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले खुला सिमानाका कारण निर्वाचन सुरक्षामा असर पर्ने भएकाले यस्तो निर्णय गरिएको जानकारी दिए । बैठकपछि दुई देशका सुरक्षा अधिकारीले संयुक्त पत्रकार सम्मेलन गरेका थिए । त्यसक्रममा प्रजिअ कँडेलले नेपालमा अपराध गरी भारतमा लुकेर बसेका फरार अभियुक्त पक्राउ गर्न दुवै देशले पहल गर्ने सहमति भएको जानकारी दिए ।

सीमाक्षेत्रबाट भइरहेका तस्करी तथा लागुऔषध कारोबार नियन्त्रण, गायब भएका सीमास्तभको खोजीलगायत विषयमा भारतीय सुरक्षा अधिकारीसँग छलफल भएको प्रजिअ कँडेलले बताए । 

भारतको बिहार मधुवनी जिल्लाका आइएस सिर्सत कपिल अशोकले पनि दुई देशबीच रहेको खुला सीमाका कारण लोकसभा निर्वाचनमा असर पर्ने भएकाले सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा सहमति भएको बताए । दुई देशबीचको सम्बन्ध परापूर्वकालदेखि नै रहँदै आएको चर्चा गर्दै उनले निर्वाचनबाहेक पनि सहयोग आदान–प्रदान हुने जानकारी दिए ।

सीमावर्ती क्षेत्रमा नेपाली जनतामाथि भारतीय सीमा सुरक्षाकर्मीबाट हुने गरेको भनिने दुव्र्यवहार नियन्त्रण गर्न आफू प्रतिबद्ध रहेको भन्दै उनले सीमामा खटिने सुरक्षाकर्मीलाई मित्रवत् व्यवहारका लागि तालिम दिइने बताए । बैकठमा धनुषा, महोत्तरी, सिरहा, र सप्तरीका प्रहरी उपरीक्षक र भारत बिहार मधुवनीका एसपी दीपक वर्मालगायत सहभागी थिए ।