Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ माघ १३ मंगलबार ०८:३४:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पोखरामा महिला र पुरुष भलिबल प्रतियोगिता

Read Time : < 1 मिनेट
२०७७ माघ १३ मंगलबार ०८:३४:००

माघको अन्तिम सातादेखि पोखरामा आमन्त्रित राष्ट्रिय क्लब च्याम्पियनसिप महिला र पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा प्रतियोगिता २७ माघदेखि १ फागुनसम्म पोखरा रंगशालाको भलिबल कोर्टमा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र गण्डकी प्रदेश पोखराबीच प्रतिस्पर्धा हुनेछ । महिलातर्फ पनि सशस्त्र प्रहरी, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र न्यूडायमन्ड एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । 

राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगितामा प्रथम हुने महिला/पुरुष दुबै टिमले एक लाख ५० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणत्र प्राप्त गर्ने छन् । द्वितीय हुनेले नगद ७५ हजार, तृतीय हुनेले ३५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सान्त्वना हुनेले महिला/पुरुष दुवैतर्फका टिमले १५/१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । महिला र पुरुष दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २०/२० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, डिफेन्डर र स्पाइकरले पाँच/पाँच हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायाणप्रसाद शर्माले जानकारी दिए ।