मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ माघ १३ मंगलबार ०६:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बालुवाटार मार्चको क्रममा भएको दमनको प्रचण्ड-नेपाल समूहद्वारा भर्त्सना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ माघ १३ मंगलबार ०६:४९:००

नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटनविरुद्ध बृहत् नागरिक समाजले गरेको बालुवाटार मार्चको क्रममा भएको दमनको  भर्त्सना गरेको छ । पार्टी प्रवक्ता नाराणणकाजी श्रेष्ठले सोमबार अबेर विज्ञप्ति जारी गर्दै नागरिक समाजले सुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

‘लोकतन्त्रको स्थापना र संविधानको निर्माणमा नेपाली नागरिक समाजको ऐतिहासिक भूमिका अविष्मरणीय छ । नागरिक समाजका तिनै अगुवाहरू आज संविधान र लोकतन्त्रको रक्षाका निम्ति संघर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक एवं निरंकुश चरित्र उदांगो भएको छ,’ प्रवक्ता श्रेष्ठको विज्ञप्तिमा छ, ‘यसबाट संघर्षको आवश्यकता र औचित्य झन् बढेर गएको स्पष्ट छ ।

तसर्थ, हाम्रो पार्टी प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमलाई खारेज गर्न, प्रतिगामी षड्यन्त्रलाई पूर्ण रूपमा असफल पार्न र संविधान एवं लोकतन्त्रलाई रक्षा गर्न सम्पूर्ण राजनीतिक पार्टीहरू, नागरिक समाज र आमजनसमुदायलाई एकताबद्ध भएर संघर्षलाई अझ सशक्त रूपमा अगाडि बढाउन अपिल गर्दछ ।’ प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रहरी दमनबाट घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।