• ePaper
  • वि.सं २०७५ फाल्गुण ७ मंगलबार
  • Tuesday, 19 February, 2019
  • Archive

महाधिवेशनको तयारीमा फोरम र राजपा

२०७५ माघ २९ मंगलबार ०६:४६:०० | काठमाडाै‌

मधेसकेन्द्रित संघीय समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टी महाधिवेशनको तयारीमा जुटेका छन् । दुवै दल अहिले पार्टीको संगठन भएका जिल्लामा साधारण र सक्रिय सदस्यता वितरणमा लागेका छन् । अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम मिलेर बनेको संघीय समाजवादी फोरम र मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपा दुवैले पहिलो महाधिवेशन गर्ने मिति घोषणा गरेर तयारी गरिरहेका छन् । राजपाले ७–९ वैशाख र फोरमले २८–३० वैशाखमा केन्द्रीय महाधिवेशनको मिति तय गरेका छन् । 

फोरमका उपमहासचिव प्रकाश अधिकारीले महाधिवेशन प्रयोजनका लागि सुरु गरिएको साधारण र सक्रिय सदस्यता वितरण र नवीकरण २५ माघमा सकिएको जानकारी दिए । उनले पार्टीको साधारण, सक्रिय सदस्यता वितरण र नवीकरणको काम २५ माघमा सकिएको जानकारी दिए । 

 यस्तो छ फोरमको अधिवेशन कार्यतालिका
उपमहासचिव अधिकारीका अनुसार १० फागुनमा सदस्यता वितरणको रेकर्ड आएपछि १५ फागुनदेखि मसान्तसम्म वडा, गाउँ र नगरपालिकाको अधिवेशन सक्ने कार्यतालिका तय भएको छ । मुलुक संघीयतामा गएकाले जिल्ला अधिवेशन नगर्ने, सीधै प्रदेश अधिवेशन गर्ने कार्यतालिका फोरमले तय गरेको छ । २० चैतसम्म प्रदेश अधिवेशन सक्ने कार्यतालिका फोरमको छ । 
 यस्तो छ राजपाको  अधिवेशन कार्यतालिका
वितरण भएका सदस्यताको रेकर्ड केन्द्रीय कार्यालयमा आएपछि अध्यक्षमण्डलको बैठक बसेर महाधिवेशन आयोजक मूल समितिलगायत विभिन्न समिति बनाउने तयारीमा राजपा रहेको महासचिव झाले जानकारी दिए । नयाँ पाँच लाख साधारण सदस्यता र दुई लाख सक्रिय सदस्यताको ठेली वितरणका लागि पठाइएको उनको भनाइ छ । ७–९ वैशाखमा महाधिवेशन गर्ने मिति तय गरेको राजपाले चैत महिनाभित्र वडा, गाउँ तथा नगरपालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला र प्रदेश अधिवेशन सक्ने कार्यतालिका रहेको झाले बताए । 

 

 

 

प्रतिकृया दिनुहोस