मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अच्युत राज भण्डारी
२०७५ पौष ४ बुधबार १३:५९:००
Read Time : < 1 मिनेट
प्रदेश

पहिलो मानव अधिकार मैत्री गाउँ घोषणा

Read Time : < 1 मिनेट
अच्युत राज भण्डारी
२०७५ पौष ४ बुधबार १३:५९:००

सोरु गाउँपालिका–८ कच्या र आसिधारा गाउँलाई जिल्लाकै पहिलो मानव अधिकार मैत्री गाउँ घोषणा गरिएको छ । सोरु गाउँपालिका– ८ ले आयोजना गरेको कार्यक्रममा कच्या र आसिधारा गाउँलाई जिल्लामै पहिलो र देशमा तेस्रो मानव अधिकार मैत्री गाउँ घोषणा गरीएको हो । 


मानव अधिकार मैत्री गाउँ हुन २० आधारभूत सूचकहरु हुनुपर्नेमा उक्त सुचकहरु पुराभई मानव अधिकार मैत्री गाउँ घोषणा गरिएको हाे। 
मानव अधिकार मैत्री बनाउन बिगत ५ वर्षदेखि गाउँमा स्वास्थ्य, शिक्षा, सरसफाई, स्वच्छता, मानव अधिकारका सम्वन्धि जनचेतना मुलक कार्यक्रम, सामाजीक बिभेदलगायतको कार्यक्रम हुँदै अाएकाे थियाे। 
सबैमा स्वच्छ खानेपानिको पहुँच, सहज औषधि उपचार, शिक्षाको पहुँच, मदिरा निषेधित, झैझगडा बन्द, प्रत्येक घरमा करेसाबारी, छुवाछुत भेदभाव अन्त्य, छाउपडी मुक्त, समान ज्याला समान काम, बाल विवाह मुक्तलगायतका सूचकहरु  पुरा भएपछि मानव अधिकार मैत्री गाउँ घाेषणा गरिएकाे हाे ।