१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १०:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपति भन्छिन् ‘नियन्त्रण गर्ने व्यक्तिबाटै भ्रष्टाचार’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २९ मंगलबार १०:२४:००

अख्तियारको २८औँ दिवस :

राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा रहेका व्यक्तिबाटै भ्रष्टाचार भइरहेको भन्दै त्यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताएकी छिन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपतिले त्यस्तो अवस्था विडम्बना र चुनौतीपूर्ण भएको बताइन् । 

‘भ्रष्टाचारको भयावह असरबारे ज्ञान भएका र भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिएका व्यक्तिहरूबाटै भ्रष्टाचार हुनु विडम्बना र चुनौतीको विषय हो,’ उनले भनिन्, । तर, उनले नियन्त्रण निकायमा बसेका कसले भ्रष्टाचार गरिरहेको हो भन्नेबारे भने खुलाइनन् । बरु, यस्तो कुरा आफूले सुनेको धारणा राखिन् । 

‘देशमा भ्रष्टाचार संस्थागत हुँदै गएको सुनिएको छ । नवीन प्रविधि र परिवर्तिन प्रवृत्तिका कारण चुनौती थपिँदै गएको परिपे्रक्ष्यमा भ्रष्टाचार संस्थागत हुन थालेकोसमेत सुनिन थालिएको छ, जुन चिन्ताको विषय हो,’ उनले भनिन्, ‘यस्तो परिस्थितिमा भ्रष्टाचार निर्मूल गर्न सबै सरोकारवाला पक्षको साझा अठोट र प्रतिबद्धताको खाँचो छ ।’