मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामचन्द्र न्यौपाने
२०७५ माघ २९ मंगलबार ०६:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

हिउँ पन्छाएर डोल्पाको जुफाल विमानस्थल सञ्चालन

Read Time : < 1 मिनेट
रामचन्द्र न्यौपाने
२०७५ माघ २९ मंगलबार ०६:०४:००

हिमपातका कारण अवरुद्ध डोल्पाको जुफाल विमानस्थल सोमबारदेखि सञ्चालनमा आएको छ । स्थानीय बासिन्दाले धावनमार्गको हिउँ पन्छाएपछि विमानस्थल सञ्चालनमा आएको हो । 

सुरक्षाकर्मी र स्थानीय बासिन्दाले दुई दिन लगाएर विमानस्थलमा जमेको हिउँ पन्छाएका हुन् । आइतबार एक सयभन्दा बढी स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सुरक्षाकर्मी खटिएर धावनमार्गमा जमेको एक फिट अग्लो हिउँको परत पन्छाएको ठूलीभेरी नगरपालिका–९ का वडाध्यक्ष वीरमलकुमार भण्डारीले बताए । 

विमानस्थल सुचारु भएपछि सोमबार नेपालगन्जबाट तारा, समिट र नेपाल एयरलाइन्सले पाँच उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ ।

हिउँ पन्छाउन मेयर गणेशबहादुर शाही, वडाध्यक्ष भण्डारी, जिल्ला प्रहरी प्रमुख डिएसपी अभदेश विष्ट, विमानस्थल सुरक्षाप्रमुख कमल शाह पनि खटिएका थिए । हवाई सेवा सुरु भएसँगै जुफालमा अलपत्र यात्रु गन्तव्यमा गएका छन् । त्यस्तै, दैनिक उपभोग्य सामान पनि ढुवानी गरिएको छ ।