१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ माघ ११ आइतबार २०:२३:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

तौल घटाउने १० सागसब्जीका जुस

Read Time : > 2 मिनेट
२०७७ माघ ११ आइतबार २०:२३:००

फलफूल र सागसब्जीले हाम्रो शरीरलाई एक किसिमको शक्ति प्रदान गरिरहेका हुन्छन् । यिनीहरूले शरीरमा आवश्यक पोषण प्रदान गर्नुका साथै जादुमयी तरिकाले शरीरलाई तन्दुरुस्त राख्छन् ।

त्यसमध्ये पनि हाम्रै भान्सामा भएका सागसब्जीले शरीरको मोटोपन घटाउन मद्दत गर्छ भन्दा अनौठो लाग्न सक्छ । मोटापन मात्र होइन, शरीर चलायमान बनाउन र शरीरको सुगरको मात्रा नियन्त्रण गर्ने सागसब्जी हाम्रै वरपर र भान्सामा छन् । 

१. गाजरको जुस
सागसब्जीमध्ये गाजरमा खनिज तत्वको भण्डार नै हुन्छ । यसको फाइबरले पाचन प्रक्रिया बलियो बनाउँछ । शरीरमा उत्पन्न हुने अत्यधिक बोसो कम गर्छ । बोसो कम हुँदा मोटाउने सम्भावना नै हुँदैन । गाजरमा भएका भिटामिनले नङ र कपालसमेत स्वस्थ राख्छ । दिनमा एक गिलास गाजरको जुस पिउँदा शरीरमा रक्तसञ्जार स्थिर हुन्छ । यसले शरीर सधैँ स्वस्थ राख्छ ।

२. काँक्रो
काँक्रोभित्र ९५ प्रतिशत पानी र पोटासियम हुन्छ । यसको जुस पिउँदा हाइड्रेटेड भइरहन्छ भने पाचन शक्ति कार्यमा राम्रो गर्छ । शरीरभित्र रहेका तौल घटाउने अंगमा प्रभाव पार्छ । काँक्रोको जुसले शरीरभित्रका सबै बोसोलाई विच्छेद गर्छ । साथै शरीरमा विषाक्त पदार्थ हटाउने काम गर्छ । यसले एसिडिटी हुनबाट जोगाउँछ र पेटमा अल्सर रोक्ने काम पनि गर्छ । 

३. चुकन्दरको जुस
उच्च कोलेस्टोरलबाट पीडित व्यक्तिलाई चुकन्दरको जुस सबैभन्दा उत्तम हुन सक्छ । यसले कोलेस्टोरलको मात्रा न्यूनीकरण गर्न मद्दत गर्छ । जिम वा एक्सरसाइज गरी तौल घटाउने योजनाजत्तिकै चुकन्दरको जुस प्रभावकारी हुने चिकित्सकहरूको सल्लाह छ । यसको जुसले स्टामिना बढाउँछ, शरीरको फिटनेस राम्रो हुन्छ । यसले हेमोग्लोबिनको स्तर बढाउँछ र एनिमियापीडित व्यक्तिलाई अझै राम्रो गर्छ । 

४. पालकको जुस
पालकको जुस धेरै अर्थमा महत्वपूर्ण छ । पालकको जुस खाँदा पाचन प्रक्रिया सधैँ राम्रो रहन्छ । पालकमा आइरनको मात्र धेरै हुन्छ जसमा पोटासियम पनि छ । पालकमा रहेको क्याल्सियमले शरीरको हड्डी र दाँत बलियो बनाउँछ । यति मात्र होइन, शरीरमा रगत सञ्चालन नियमित बनाउन मद्दत गर्छ । कुनै पनि चोटपटक लाग्दा वा मुटुसम्बन्धी रोग निको पार्न मद्दत गर्छ । पालकमा प्रचुर एन्टिअक्सिडेन्ट छ । 

५. सेलेरी जुस
सेलेरीको जुसले पाचन र शरीर हाइड्रेट गर्न मद्दत गर्छ । यसले पिसाब राम्रो गर्छ । जसले अनावश्यक पफिनेस वा सेल्युलाइट घटाउँछ । यो जुस धेरैलाई मन पर्छ । यसमा निकै कम क्यालोरी हुन्छ । यसले शरीरको पानीको मात्र सन्तुलित राख्छ । ब्लडप्रेसर र ग्यास नियन्त्रण गर्छ । 

६. बन्दा जुस
न्युट्रेसन र डाक्टरले अत्यधिक सिफारिस गरेको जुस बन्दा हो । यसमा अत्यधिक भिटामिन सी हुन्छ । यो जुस पिउँदा मधुमेह लाग्नबाट जोगाउनुका साथै विभिन्न खाद्य पदार्थसँगै शरीरमा प्रवेश गर्ने चिनीको मात्रासमेत नियन्त्रण गर्छ । साथै शरीरमा नुनको मात्रा पनि नियन्त्रण गर्छ । तर, यो सधैँ खानु भने हँुदैन ।

धेरै भएमा शरीरको हार्मोन्स कमजोर बनाउँछ । जसले भविष्यमा क्यान्सरजस्तो डरलाग्दो रोग लाग्न सक्छ । बन्दाको जुसले छालामा रहेको तैलियपन हटाउँछ । यसले अनुहार पनि चम्किलो बनाउँछ ।

 

७. जमराको जुस
हरियो जमराको जुस शरीरका लागि निकै महत्वपूर्ण मानिन्छ । यो जुस पिउँदा थाइराइड नियन्त्रणमा रहनुको साथै तौल पनि स्थिर बनाउँछ । हरियो जमरा क्याल्सियम, पोटासियम, आइरनका साथै अन्य धेरै भिटामिनयुक्त हुन्छ । यसले सधैँ शरीरभित्र सफा राख्छ । साथै शरीरमा चाहिने अक्सिजनको मात्रा बढाउँछ । तर, हरियो जमराको जुस सधैँ पिउन भने हँुदैन । यसभित्र रहेको ओमेगा ३ ले कोलेस्टोलर घटाउने काम गर्छ । 

८. लौकाको जुस
एउटा लौकामा ९६ प्रतिशत पानी हुन्छ । लौकाको जुस पिउनाले धेरै भोक लाग्ने समस्या हटाउँछ । लौकामा पोटासियम तथा पोषण प्रचुर हुन्छ । शरीरमा सुगरको मात्रा कम गर्नुको साथै शरीरमा सुगरको मात्रा सन्तुलनमा राख्छ । कुनै व्यक्तिमा दिसा वा पिसाबसम्बन्धी समस्या भएमा पनि यसले समाधान गर्छ । यसले शरीरको हार्मोन नियन्त्रण राख्छ, जसले कपाल फुल्न र अनिद्राबाट जोगाउँछ ।

९. काले (एक प्रकारको साग) जुस 
यसमा भएको उच्च फाइबरले शरीरको क्यालोरी कम गर्छ । यसले शरीरको तौल नियन्त्रणमा राख्छ । धेरै अर्थमा यसको जुसले शरीरलाई फाइदाजनक छ । दिमाग सधैँ स्वस्थ र सक्रिय राख्छ । शरीरको हड्डी बलियो बनाइराख्छ । भिटामिन सी र प्रोटिनयुक्त भएकाले मोटोपन घटाउन सहयोग गर्छ । 

१०. ब्रोकाउलीको जुस
ब्रोकाउलीको जुस निरन्तर पिउँदा धेरै फाइदा हुन्छ । शरीरलाई डिटक्सिफाइन तथा मेटाबोलिज्म गर्छ । यो दुवै कार्यले शरीर पातलो हुन्छ । अर्थात् शरीरमा मोटापन घट्छ । यसमा यति धेरै भिटामिन हुन्छ कि जसले कुनै पनि रोगविरुद्ध लडन मद्दत गर्छ । कतिपय अवस्थामा उच्चरक्तचाप रोक्ने काम पनि गर्छ । कुनै पनि संक्रमण रोग लाग्नबाट रक्षा गर्छ । साथसाथै मस्तिष्क र कलेजोको पनि रक्षा गर्छ । 

–एजेन्सीहरूको सहयोग