• ePaper
  • वि.सं २०७५ फाल्गुण ७ मंगलबार
  • Tuesday, 19 February, 2019
  • Archive

लोकसभा चुनावको समयमा सीमा नाका कडा बनाउने सहमति 

२०७५ माघ २८ सोमबार २२:००:०० | जनकपुरधाम 

भारतको आसन्न लोकसभाको चुनावलाई लिएर सिमावर्ती क्षेत्र सुरक्षा व्यवस्था बनाउने विषयमा दुवै देशमा सुरक्षा अधिकारी बीच सहमति भएको छ । 

सोमबार जनकपुरमा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा लोकसभा निर्वाचन अन्तरगत भारतको विहार राज्यमा हुने चुनावलाई लिएर बोर्डमा सुरक्षा व्यवस्था थप कडा बनाउने सहमति भएको हो । नेपाल–भारतबीचको खुल्ला सीमाका कारण निर्वाचनको सुरक्षामा असर पर्ने भएकोले त्यसका लागि दुवै देशबीच सुरक्षा व्यवस्था कडा बनाउने विषयमा सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेेंलले बताए । 

बैैठक पश्चात दुई देशका सुरक्षा अधिकारीले गरेको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी कडेंलले सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउनुको साथै नेपालमा अपराध गरि भारतमा शरण लिएर बसेका फरार अभियुक्तहरुलाई पक्राउ गर्न दुवै देशले पहल गर्ने विषयमा समेत सहमति भएको बताए ।

सिमावर्ती क्षेत्रबाट भइरहेको तस्करी, लागूऔषध, गायब भएका सीमास्तभको विषयमा समेत पहल गर्ने विषयमा भारतीय सुरक्षा अधिकारीसँग छलफल भएको कडेंलले बताए । भारत विहार मधुवनी जिल्लाका आईएस शिर्शत कपिल अशोकले दुई देश बीच रहेको खुल्ला सिमनाका कारण भारतको लोकसभा निर्वाचनमा असर पर्ने भएकोले सिमावर्ति क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा सहमति भएको बताए ।
वैकठमा धनुषा, महोत्तरी, सिरहा, र सप्तरीका प्रहरी उपरीक्षक र भारतका विहार मधुवनीका एसपी दिपक वर्माल लगायतकाको सहभागिता रहेको थियो ।  
 

प्रतिकृया दिनुहोस