मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ११ आइतबार ०६:११:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंकको ५६औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ११ आइतबार ०६:११:००

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५६औँ वार्षिकोत्सव समारोह अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भर्चुअल माध्यमबाट शनिबार सम्पन्न भएको छ । कोभिड–१९ को त्रासका बीच कार्यक्रम भर्चुअल माध्यममा गरिएको हो । 

कार्यक्रममा अर्थमन्त्री पौडेलले राष्ट्रिय वाणिज्य बैंकप्रति आमनागरिकको भरोसा, विश्वास रहेको बताएको जनाइएको छ । बैंकले आगामी दिनमा प्रविधिमार्फत दिइने बैंकिङ सेवाले आमनागरिकमा लाभ पुग्ने गरी ग्राहकमैत्री सेवाका लागि थप कार्य गर्नुपर्ने उनको भनाइ थियो ।

मन्त्री पौडेलले बैंकले सञ्चालनमा ल्याएका ५ शाखा कार्यालय र ५ एक्सटेन्सन काउन्टरको एकसाथ भर्चुअल माध्यमबाट उद्घाटन गरेको बैंकले जनाएको छ । कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको समग्र स्थितिमा सुधारका लागि विगतमा धेरै कदमहरू चालिएकाले बैंकका वित्तीय अवस्था र सेवाको गुणस्तरमा सुधार भई उत्पादकत्व बढेको बताएको बैंकले जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाबारे जानकारी गराउँदै पुस मसान्तसम्म २ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिएका थिए ।