१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १० शनिबार ०८:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमईद्वारा क्युआर कोडमार्फत नगदरहित कारोबार पर्वद्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १० शनिबार ०८:०३:००

ग्लोबल आइएमई बैंक लिमिटेडले नगदरहित कारोबारलाई पर्वद्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्युआर कोडमार्फत नगदरहित भुक्तानी पर्वद्धन कार्यक्रमको आयोजना गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरूमा क्युआर कोडमार्फत नगदरहित भुक्तानी पर्वद्धन कार्यक्रमको उद्घाटन गरेका हुन् ।  

नगदरहित कारोबार पर्वद्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्युआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवद्र्धन कार्यक्रमको आयोजना गरेको बैंकले जनाएको छ ।

बैंकले आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई पर्वद्धन गर्न थप कार्यक्रम गर्ने जनाइएको छ । बैंकले क्युआर मर्चेन्टहरूलाई विद्युतीय भुक्तानीसम्बन्धी चेतनामूलक अनलाइन तालिमको सुरुवात पनि गरेको जनाएको छ । 

बैंकले २ सय ६४ शाखा, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, २ सय ४०  एटिएम, २ सय ४४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर ३ प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।