मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार १७:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीले संसद् मात्र होइन, शान्तिप्रक्रिया नै विघटन गर्न खोजेका छन्, खबरदार : प्रचण्ड (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार १७:४९:००

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संसद् मात्र नभई शान्तिप्रक्रिया नै विघटन गर्न खोजेको आरोप लगाएका छन् । प्रचण्ड–माधव समूहले राजधानीमा शुक्रबार आयोजना गरेको बृहत् विरोध सभामा प्रचण्डले भने, ‘केपी ओलीले संसद् मात्र होइन, शान्तिप्रक्रिया नै विघटन गर्न खोजेका छन्, खबरदार ।’ 

तीन वर्षमा ओलीलाई सच्याउन नसकिएको भन्दै प्रचण्डले आत्मालोचनासमेत गरे । उनले भने, ‘तीन वर्षमा केपी ओलीलाई तह लगाउन सकिएन, हाम्रो पनि कमजोरी रह्यो, उदारता देखाउनु कमजोरी भयो, सुरुदेखि नै दृढतापूर्वक संघर्ष नगरेकोमा म आत्मालोचित छु । अब त्यस्तो भूल गर्नेछैनौँ ।’ 

प्रचण्डले उपलब्धिको रक्षाका लागि सम्पूर्ण नागरिक एकजुट हुनुपर्ने बताए । आन्दोलनमा आएका कर्मचारीलाई कारबाही गर्ने हल्ला ओलीका साइबर सेनाले चलाएको भन्दै प्रचण्डले एउटालाई मात्र छोएर देखाउन चुनौती पनि दिए । ‘आन्दोलनमा आउनुभएका कर्मचारीको ओलीका साइबर सेनाले रेकर्ड राख्ने काम गरेको सुनेको छु, एउटा कर्मचारीलाई मात्र छोए पनि राम्रो हुनेछैन । छिटै जनताको सरकार आउँदै छ, त्यसपछि तपाईंहरूजस्ता वीरहरूलाई होइन, केपी ओलीलाई कारबाही हुन्छ ।’

ओलीको पक्षमा संघीयताविरोधी मात्र रहेको उनले दाबी गरे ।