मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ बैशाख २४ सोमबार २०:०४:००
Read Time : > 2 मिनेट
सप्तरंग

निर्माता संघको आन्दोलनले जेष्ठमा लाग्ने चलचित्र अन्यौलमा

Read Time : > 2 मिनेट
२०७५ बैशाख २४ सोमबार २०:०४:००

४ जेष्ठमा प्रदर्शनको मिति तय गरेका चलचित्र ‘हरि’ र ‘हैरान’ सो मितिमा प्रदर्शन हुने वा नहुने भन्ने विषयमा अन्यौल सिर्जना भएको छ । नेपाल चलचित्र संघले राखेका माग हलसञ्चालकलले पुरा नगरे वा दुई समुहबीच सहमती नभए जेष्ठ ४ का चलचित्र प्रदर्शन नहुने भएको छ ।
निर्माता संघले केही दिन अघि सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमले गर्दा चलचित्र सर्ने वा लाग्ने टुङगो लाग्न सकेको छैन । संघका अनुसार संभवतः जेष्ठ ४ का चलचित्र प्रदर्शन नहुने भएको हो । जेष्ठ ४ देखि कुनैपनि हलमा फिल्म प्रदर्शन नगर्ने संघको निर्णयले चलचित्र प्रदर्शनको मिती सार्ने तयारी समेत भइरहेको छ ।

चलचित्र हरीले आफ्नो प्रदर्शनको मिती सार्ने तयारी गरिरहेको बिपिन कार्कीले जानकारी दिए । उनका अनुसार ४ जेष्ठलाई प्रदर्शन मिती तय गरेकोमा सारेर केही दिनमै अर्को मिती सार्वजनिक गर्ने तयारी भइरहेका छ ।

आन्दोलनका कार्यक्रम घोषणा
शुक्रवार नेपाल चलचित्र निर्माता संघले विभिन्न तीन बुँदे आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । संघको संघर्ष समितिका संयोजक रोज राणाको अध्यक्षतामा बसेको बैठकले आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको हो ।
संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ १ गते सम्पूर्ण फिल्मकर्मी विभिन्न हलहरूमा कालोपट्टि बाँधेर उपस्थित हुने, २ गते चलचित्र विकास बोर्डमा कुनै पनि फिल्म सेन्सर नगर्नका लागि दवाब दिँदै धर्ना बस्ने कार्यक्रम रहेको छ ।

त्यसै गरी जेठ ४ गतेदेखि सम्पूर्ण हलमा फिल्म प्रदर्शनमा रोक लगाइने निर्माता संघका वरिष्ठ उपाध्यक्ष केशव भट्टराइले बताए । ‘हाम्रो माग पुरा नभए हामी कुनैपनि हलमा चलचित्र प्रदर्शन गर्दैनौ’ उनले भने, ‘चलचित्रको प्रचार समेत हामीले रोकीराखेका छौ, सम्भवतः जेष्ठ ४ का चलचित्र प्रदर्शन गर्दैनौ ।’

छलफल भयो, निर्णय भएन
हलवालाहरुले वार्ता समिती समेत बनाइसकेका छन् । सोमबार दिँउसो सो समिति र चलचित्र निर्माता संघबिच छलफल भएपनि कुनै ठोस निश्कर्ष निस्केन । अब फेरि २६ जेष्ठमा अर्को छलफल बस्ने र सहमतीको प्रयास गर्ने निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । हलसञ्चालकहरुले पनि वार्ता समिती बनाइसक्नुभएको छ’ उनले भने, ‘सोमबार कुनै निश्कर्ष निस्केन, अब केही दिनमा फेरि दुबै समुह बसेर छलफल गर्छौ ।’

कतै प्रचार रोकियो, कतै जारी
आन्दोलनले गर्दा अब लाग्ने चलचित्रहरु अन्यौलमा छन् । प्रचार प्रचार गरेर पनि सहमती नभए लाखौ खर्च डुब्ने चलचित्रकर्मीहरुको भनाइ छ । जेष्ठ ४ को चलचित्र हरीले प्रचारप्रसारको काम रोकेको छ भने हैरानको टिम मोफसल बाहिर प्रचारप्रसारमा छ । ‘हाललाई प्रचारप्रसारको कार्य रोक्न लगाएका छौ’ संघका वरिष्ठ उपाध्यक्ष भट्टराइले भने, ‘यदी बिचमा सहमती भएमा चलचित्रको टिमले थप प्रचारप्रसार नगरि चलचित्र निर्धारित मितिमै लगाउन चाहे प्रदर्शन हुनेछ ।’
प्रचार प्रसारमा लाखौ खर्च भइसकेको हैरानका गजित विष्ट बताउँछन् । ‘धेरै अगाडि जानकारि दिएर आन्दोलनका कार्यक्रम घोषणा गर्नुपथ्र्यो’ उनले भने, ‘अहिले पनि हामी प्रचारप्रसारमै छौ, यदी सहमती नभएर प्रदर्शन रोकिने नै हो भने संघले क्षतिपुर्ती दिनुपर्छ ।’ प्रचार गर्ने कि नगर्ने आफुहरु अन्यौलमा रहेको उनले बताए ।
यदी आन्दोलनका कार्यक्रम जारी रहे र २८ वैशाखका चलचित्रहरु दोस्रो हप्तामा प्रवेश गर्ने भएभने पनि ती चलचित्रहरुलाई पनि गाह्रो हुनेछ ।

१० वर्षअघिको सम्झौता कार्यान्वयन भएन
२०६० सालमा नै हलवाला र निर्माता संघबीच भएको सम्झौता हालसम्म पनि कार्यान्वयन नहुँदा निर्माताहरुले कार्यान्वयनको माग गरेका हुन् । २०६० मा हलवालाहरुको संस्था चलचित्र संघ र निर्माता संघबीच फिल्म प्रदर्शनबाट उठेको कूल रकममा भ्याट कट्टा गरी निर्माता र वितरकले ५५ देखि ६० प्रतिशतसम्म र हलवालाले ४० देखि ४५ प्रतिशत सम्म पाउने सम्झौता भएको थियो ।
निर्माता संघले बक्स अफिस कार्यान्वयन सम्बन्धमा नेपाल सरकारले तोकेको समयसीमा भित्रमा पारदर्शी सहितको बक्स अफिस कार्यान्वयनका लागि राज्यलाई जोडदार माग गर्दै संस्थागत गर्न सहयोग गर्ने समेत बताएको छ ।