मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ ९ शुक्रबार १२:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्वाेच्चबाट मुद्दा छिनोफानो नहुँदै हुम्लामा मध्यावधि निर्वाचनको तयारी 

Read Time : > 1 मिनेट
२०७७ माघ ९ शुक्रबार १२:५६:००

सरकारले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा परेको रिटमा सुनुवाइ सकिएको छैन ।  संसद् ब्युँतिन सक्ने धेरै आधार छन् ।  तर, हुम्लामा भने मध्यावधि निर्वाचनको चहलपहल सुरु भएको छ ।  

सरकारले आगामी वैशाख १७ र २७ गते निर्वाचन सम्पन्न गर्ने  भनेपछि जिल्ला निर्वाचन कार्यालय हुम्लाले कार्यक्रम अघि बढाएको हो । जिल्लाका सात  गाउँपालिका ४४ वटा वडापालिका रहेको हुम्लामा ५२ वटा मतदान केन्द्र रहेका छन् । 

सरकारले वैशाख १७ र २७ गते  निर्वाचन तोकेपछि जिल्ला निर्वाचन कार्यालयको सम्पन्न तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकारी महेशकुमार थापाले जानकारी दिए । माघ १६ गतेदेखि मतदाताको नामावलीको त्रुटि सच्याउने र दाबी विरोध हटाउने काम सुरु हुने निमित्त जिल्ला निर्वाचन  अधिकारी थापाले बताए । 

प्रत्येक गाउँपालिकाबाट कर्मचारी आइसकेका छन्  । उनीहरूलाई माघ ११ गते तालिम हुन्छ, फागुन २ गतेदेखि ७ गतेभित्र मतदाताहरूको नामावाली आइपुग्ने जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । 

हुम्लामा ५२ वटा मतदान केन्द्र
जिल्लाका सात  गाउँपालिका  र ४४ वटा मतदान केन्द्रमा ५२ वटा मतदान केन्द्र रहेका छन् । नाम्खा गाउँपालिका ११ वटा मतदान केन्द्र सिमकोटमा  आठवटा खार्पुनाथमा पाँचवटा सर्केगार्डमा ११ वटा, चंखेली गाउँपालिका सातवटा अदानचुलीमा ६ वटा र ताजाँकोट गाउँपालिकामा ६ वटा मतदान केन्द्र गरी जिल्लाभरि ५२ वटा मतदान केन्द्र  रहेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । जिल्लामा २७ हजार सात सय ५४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकारी महेशकुमार थापाको भनाइ छ । 

१३ दल मध्ये पाँच दल सक्रिय
हुम्ला जिल्ला निर्वाचन कार्यालयमा १३ वटा दलहरू दर्ता भए पनि हालसम्म पाँच दल मात्रै सक्रिय देखिएका छन् । ०७४ सालको निर्वाचनमा १३ वटा पार्टी दर्ता भए पनि हाल पाँचवटा सक्रिय देखिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी, राप्रपा नेपाल र मजदुर किसान पार्टी दलहरू सक्रिय रहेको बताइएको छ ।