१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०७:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

राष्ट्रिय वाणिज्य बैंक र विभिन्न संस्थाहरूबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ९ शुक्रबार ०७:०७:००

राष्ट्रिय वाणिज्य बैंकमार्फत भुक्तानी हुने कुनै पनि किसिमको कर तथा राजस्व करदाताले आफ्नो मोबाइल बैंकिङबाटै भुक्तानी गर्न सक्ने भएका छन् । मोबाइल बैंकिङमार्फत कर तथा राजस्व भुक्तानी गर्न सकिने व्यवस्थाका लागि बैंक, नेपाल क्लियरिङ हाउस, खल्ती, आइएमई पे, प्रभु पे र नेपाल पेबीच सम्झौता भएको हो । 

सम्झौतामा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, नेपाल क्लियरिङ हाउसका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी, खल्तीका प्रोडक्ट डेभलपमेन्ट प्रबन्धक अनमोल, आइएमई पेका व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका प्रबन्ध सञ्चालक कुसुम लामा र नेपाल पेका प्रमुख सञ्चालन अधिकृत मालिका भट्टराईले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

सम्झौताअनुसार करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य सेवाशुल्क मोबाइल बैंकिङबाट सहजै रकम भुक्तानी गर्न सक्ने जनाइएको छ । त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अन्य कुनै पनि किसिमका कर तथा राजस्व पनि यसबाट भुक्तानी गर्न सकिने जनाइएको छ ।